Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

तीनवटा सकेट बम सेनाद्वारा निष्क्रिय

नवलपरासी – नवलपरासीको पहाडी धुर्कोट गाविस–६ स्थित गाउँ नजिकैको जङ्गलमा फेला परेका तीनवटा सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ ।

मङ्गलबार गाउँ नजिकैको जङ्गलमा फेला परेका एउटा सिङ्गल र दुई थान डबल सकेट बमलाई बज्रदल गणबाट सहसेनानी सबिन रायमाझीको नेतृत्वमा गएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो ।

द्वन्द्वकालमा लुकाएर राखिएको हुनसक्ने अनुमान गरिएको एक थान सिङ्गल र दुई थान डबल सकेट बम स्थानीयवासीले देखेपछि सञ्चारकर्मी र प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै नेपाली सेनाको टोली घटनास्थलमा नै पुगी बम डिस्पोज गरेको थियो ।

तीनवटा सकेट बम सेनाद्वारा निष्क्रिय Reviewed by marumala srinu on 10:53 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.