भारतीय विदेश मन्त्री सुस्मा स्वराज अगामी चैत १ गते नेपाल आउने
काठमाडौँ, भारतीय विदेश मन्त्री सुस्मा स्वराज अगामी चैत १ गते नेपाल आउने भएकी छिन् । पोखरामा आयोजना हुन लागेको सार्क मन्त्रीस्तरीय बैठकमा भाग लिन उनी नेपाल आउन लागेकी हुन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपका अनुसार स्वराजसँग विदेश सचिव एस जयसंकर पनि बैठकमा सहभागी हुनेछन् । सार्क मन्त्रीस्तरीय बैठक मार्च १४ देखि १७ सम्म पोखरामा आयोजना हुँदैछ ।
बैठकमा भारतले सार्क सम्मेलनका दौरान गरिएका प्रतिबद्धताहरुको विषयमा कुरा राख्ने स्वरुपले जानकारी दिएका छन् । विशेष गरेर सार्क सेटेलाइटजस्ता विषयहरु उठाइने छन् ।
पाकिस्तानी विदेशमन्त्रीसँग द्विपक्षीय छलफल हुने नहुने विषयमा भने उनले हालसम्म त्यस्तो कार्यक्रम तय नभएको जानकारी दिएका छन् ।
भारतीय विदेश मन्त्री सुस्मा स्वराज अगामी चैत १ गते नेपाल आउने
Reviewed by marumala srinu
on
3:56 AM
Rating:
Reviewed by marumala srinu
on
3:56 AM
Rating:

No comments: