Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

झमकको जीवनीमा फिल्म बन्ने

धनकुटा: साहित्यकार झमक घिमिरेको जीवनीमा फिल्म बन्ने भएको छ। घिमिरेको बहुचर्चित कृति 'जीवन काँडा कि फूल'मा आधारित रहेर फिल्म बन्न लागेको हो।
 
विष्ट ब्रदर्स फिल्मस् प्रालिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा 'जीवन काँडा कि फूल' नामकै फिल्म बन्न लागेको जानकारी दिइयो।कार्यक्रममा फिल्मका निर्माता एवम् निर्देशक विनोद विष्टले चैत्र १५ गतेबाट फिल्म छायांकन सुरु हुने बताए । सिलिगुडीमा बसोबास गर्ने विष्टले यसअघि प्रेम प्रतीक्षा, रणसंग्राम र म कसरी भनुँ नामका फिल्म बनाइसकेका छन्।
 
विष्टका अनुसार २५ दिनभित्र छायांकन सक्ने लक्ष्य लिइएको दुई घन्टाको हुनेछ। ३५ वर्षअघि झमक जन्मिएको घरको दृश्य देखाउन पुख्र्यौली घरको निर्माण पनि सुरु भइसकेको छ। 
 
कृतिमा आधारित फिल्म बनाउन वास्तवमा गाह्रो हुने बताउँदै पत्रकार सम्मेलनमा विष्टले भने, 'प्रयास गरेका छौं पक्कै पनि फिल्म उत्कृष्ट बन्नेमा ढुक्क छौं।' मदन पुरस्कार प्राप्त उत्कृष्ट कृतिमा आधारित फिल्म ओस्कारसम्म पुग्ने किसिमको बनाउने उनले दाबी गरे।
 
झमकको परिवारले फिल्म बनाउने स्वीकृति दिएलगत्तै तीन वर्ष अघिदेखि तयारी सुरु गरिएको फिल्मका प्रोडक्सन डिजाइनर प्रकाश महराले बताए। ‘कलाकार छनोट गर्न धेरै समय लाग्यो,' उनले भने, 'झमकको भूमिकामा अभिनय गर्ने कलाकार खोज्न काठमाडौं, पोखरा, भारतको सिलिगुडीसम्म पुग्यौं।'
 
फिल्ममा झमक जन्मिएदेखि मदन पुस्कार पाएसम्मको दृश्य समावेश गर्ने उनले जानकारी दिए। फिल्ममा झमक सानो छँदाको भूमिकामा सिलिगुडीकी अवस्था थापा र उनको पछिल्लो समयको भूमिकामा रोजिता बुद्धचार्यले अभिनय गर्नेछन्।
 
फिल्ममा किसन सुनुवार, उमादेवी गिरी, मेनुका प्रधान, सरिता घिमिरे र आस्था पोखरेललगायतका कलाकारको अभिनय रहनेछ। फिल्ममा रहने चार गीतमध्ये तीनवटा प्रकाश शिवाकोटीले लेखेका छन् भने एउटा गीत झमक आफैंले लेखेकी छन्।
 
झमक घिमिरे साहित्य कला प्रतिष्ठाको स्थापना दिवसको अवसर पारेर चैत्र १५ गते सुटिङको शुभसाइत गरिने निर्माण पक्षले जनायो। फिल्मको ९९ प्रतिशत छायांकन झमकको जन्मथलो धनकुटा नगरपालिका वडा नं. ३ कचिडेमा हुनेछ। केही दृश्य धरान र काठमाडौंमा पनि छायांकन गरिँदैछ।
- See more at: http://annapurnapost.com/News.aspx/story/45233#sthash.iJDUOz1j.dpuf
झमकको जीवनीमा फिल्म बन्ने Reviewed by marumala srinu on 4:07 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.