Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

फोहोररहित देश बनाउने जोडी धनगढीमा

धनगढी: अबको तीन वर्षभित्र नेपाललाई मानव फोहररहित नमुना देश बनाएर विश्व सफाइ अभियानमा लागेका काठमाडौंको कीर्तिपुर नगरपालिका १ ठामबहालका दुईजनाले सोमबार धनगढी बजारमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरेका छन् ।
 
फागुन २२ गते धनगढी पुगेका राजमान मानव र सुशीला महर्जनले ८ दिनसम्म एक्लैएक्लै र सोमबार भने धनगढी नगरका विभिन्न ८ वटा टोलमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरेका हुन् । यसअघि उनीहरूले कञ्चनपुरको भीमदत्त नगरपालिकामा सरसफाइ कार्यक्रमको आयोजना गरिसकेका छन् । फागुन १३ गतेदेखि २२ गतेसम्म कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजारमा पनि यस्तै बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको राजमानले बताए ।
 
ठामबहाललाई नमुना सरसफाइयुक्त टोल बनाएपछि देशको सरसफाइमा हिँडेका दुवैजनाले अबको तीन वर्षभित्र नेपाललाई मानव फोहररहित नमुना देश बनाएर विश्वमा सरसफाइको सन्देश दिने प्रण गरेको बताए । दुवैजनाले आफूहरू मर्दा पनि हातमा कुचो र ब्रस होस् भन्ने प्रणका साथ सरसफाइ अभियानमा हिँडेको बताए ।
 
धनगढीमा उनीहरूले विभिन्न विद्यालय, टोलहरूमा गएर सरसफाइ गर्ने तरिका पनि सिकाएका छन् । सहरका मान्छेहरू पसलको पेटीसम्म बढार्छन्, घरका मानिस आफ्नो आँगनको गेटसम्म बढार्छन् तर त्यसबाहेकको सार्वजनिक स्थल पनि आफ्नै हो भन्ने भावना धेरै कममा छ, त्यो भावना विकसित गराउन आफूहरू लागिरहेको दुवैजनाले बताए ।
 
राजमानका दुई छोरा र श्रीमती छन् । श्रीमती पनि ठामबहाल टोलकी सरसफाइ अभियन्ता हुन् । राजमानसँगै सरसफाइमा होमिएकी सुशीलाको घरमा पनि श्रीमान्, दुई छोरा छोरी र सासू छन् । ‘मेरो पनि ब्रस समातेरै मर्ने र नेपाललाई पूर्ण रूपमा मानवले गर्ने फोहररहित नमुना देश बनाउने प्रण हो' सुशीलाले भनिन् । बिहानैदेखि दुवैजना एकै ड्रेसमा बजारमा निस्कन्छन् र जहाँ बढी फोहर देख्यो त्यहाँ सरफाइमा खटिहाल्छन् ।


फोहोररहित देश बनाउने जोडी धनगढीमा Reviewed by marumala srinu on 9:27 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.