नेपाली महिलालाई भारत लगेर बेच्न खोज्ने दुई जना पक्राउ ।
२ चैत, मोरङ । सात जना महिला भारत लगेर बेच्न खोज्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी पाँचकन्याकी ३१ वर्षीया फुलमायाँ तामाङ तथा इनरुवा–२ का रोहित दर्नाल रहेका छन् ।
उनीहरुलाई विशेष सुराकीको आधारमा सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका जोगवनीको रेल्बेबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
केही दिनअघि भारतमा बेचिन लागेका सात जना नेपाली महिलालाई जोगवनीको रेल्बे स्टेसनबाट प्रहरीले उद्धार गरेको थियो । रासस
नेपाली महिलालाई भारत लगेर बेच्न खोज्ने दुई जना पक्राउ ।
Reviewed by marumala srinu
on
9:35 PM
Rating:
Reviewed by marumala srinu
on
9:35 PM
Rating:

No comments: