Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

चुनाव हारेपछि काँग्रेसमा कांग्रेसमा भाँडभैलो ।

काठमाडौं – नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा भ्रष्टाचारीहरु नराम्ररी पराजित भएपछि एक अर्काको पोल खोलाखोलमा लागेका छन् । उनीहरु अहिले एकले अर्कालाई धोका दिएको धोका दिएको आरोप लगाउँदै खुइल्याउने खेलमा लागेका छन् । पैसाको बलमा खुमबहादुर खड्काले मात्रै चुनाव जितेको भए पनि अरुले भने निर्वाचनमा जित्न सकेका छैनन् । गोविन्दराज जोशी, चिरञ्जिवी वाग्ले, लक्ष्मण घिमिरे, तारानाथ रानाभाट जस्ता नेताले चुनाव हारेपछि आफ्नै गुटका कारण चुनाव हारिएको भन्दै उनीहरु एक आपसमा मा… मा… र मु… मु…मा उत्रिएका छन् । एकले अर्कोलाई हराएको भन्दै उनीहरुले सार्वजनिक रुपमा नै कसले हराएको हो थाहा छ भन्दै प्रतिवादमा उत्रिएको बताइन्छ । खुमबहादुरले चुनाव जित्ने हामीले हार्ने भन्ने हुँदैन, त्यसले हामीलाई हरायो भन्दै जोशी र वाग्लेले खुमबहादुरविरुद्ध सभापति शेरबहादुर देउवा कहाँ पोल लगाएका छन् । फोनबाट नै पोल लगाएका वाग्ले र जोशीले हामीलाई हराइएको हो, हामीलाई केन्द्रीय समितिमा मनोनयन गर्नुपर्छ, होइन भने पौडेल (रामचन्द्र पौडेल) तिर लाग्छौं भन्दै बार्गेनिङ सुरु गरेका छन् ।

‘पदाधिकारी मनोनयमा हामीले भनेको मान्छे हुनु पछर्’ भन्दै उनीहरुले देउवासँग पटक–पटक दबाब दिएको बताइन्छ । रामचन्द्र पौडेललाई वरिष्ठ नेता नबनाउनसमेत सो टोलीले देउवालाई दबाव दिएको बूढानिलकण्ठ स्रोतको दाबी छ । कुलबहादुर गुरुङ सभापतिको प्रस्तावक भएको, वरिष्ठ र उमेरका कारण पनि जेष्ठ भएका कारण उनलाई वरिष्ठ नेता बनाउनुपर्ने वाग्ले, जोशी र खड्काको मत मिलेको छ । सो टोलीले खड्कालाई भेटेरै तंैले हामीलाई हराइस् अब ठीक हुन्न भन्दै मा… मा… र मु…मु…मा उत्रेको स्रोतको दाबी छ । काँग्रेस केन्द्रीय समितिको चयनका लागि भएको निर्वाचनमा शेखर कोइराला पछि खुमबहादुरले सबैभन्दा बढी मत पाएका थिए । वाग्ले र जोशीले विगतमा कमाएको पैसा पार्टीको महाधिवेशनमा महाधिशेन प्रतिनिधि किन्न खर्च गरेको र आफू मात्रै जित्ने र अरुलाई हराउन लागि परेको सो टोलीको दाबी छ ।आजको जनआह्वान साप्ताहिकमा खबर छ ।


चुनाव हारेपछि काँग्रेसमा कांग्रेसमा भाँडभैलो । Reviewed by marumala srinu on 6:50 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.