Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

जेनेभा बैठकमा भारतले नेपाललाई भन्यो – बाँकी मुद्दा मिलोस् ।

INDIA-THEME-SYMBOLSनयाँदिल्ली – भारतले जेनेभास्थित अन्तर्राष्ट्रिय मञ्चबाट नेपालबारेको मानवअधिकार विश्वव्यापी आवधिक समीक्षा (युपिआर) माथि टिप्पणी गर्दै न्याययिक अधिकार र समानताका दिशामा सम्बोधन हुन बाँकी मुद्दामा रचनात्मक तवरले निश्चित समयावधिभित्र समाधान पहिल्याउन दोहोर्याएको छ ।

मानवअधिकार परिषद्को बुधबार सम्पन्न ३१ औं बैठकमा भारतले नेपालको मानवअधिकार स्थितिमाथि टिप्पणी गर्दै मधेस मामिलामा उब्जिएका मागमध्ये दुई बुँदाको संविधान संशोधनबाट सम्बोधन भएको र थाती मुद्दामा पनि सम्बोधन जरुरी रहेको धारणा दोहोर्याएको हो । भारतले परिषद्को गत नोभेम्बरमा सम्पन्न युपिआर बैठकमा पनि नेपाल मामिलामा न्यायिक समानता र अधिकारको प्रत्याभूति हुन नसकेको भन्दै आलोचना गरेको थियो, आजको कान्तिपुर दैनिकमा खबर छ ।


जेनेभा बैठकमा भारतले नेपाललाई भन्यो – बाँकी मुद्दा मिलोस् । Reviewed by marumala srinu on 7:34 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.