Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

नेपालमा शाखा खोल्दै चिनियाँ बैंक

काठमाडौं – चिनियाँ बैंकले नेपालमा शाखा खोल्ने भएको छ ।
प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको समयमा चिनियाँ बैंकले नेपालमा शाखा खोल्ने विषयको समझदारीपत्र (एमओयु)मा हस्ताक्षर गर्न लागेको छ ।

चिनियाँ बैँकले नेपालमा शाखा खोल्न अनुमति दिन सकिनेरनसकिने विषयमा अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग रायसमेत मागिसकेको छ । सोही अनुसार राष्ट्र बैंकले बुधवार नै चिनियाँ बैंकलाई नेपालमा शाखा खोल्न दिन सकिने रायसहितको पत्र अर्थ मन्त्रालय पठाएको छ ।
‘विदेशी बैंक तथा वित्तीय संस्थाले नेपालमा शाखा खोल्नेसम्बन्धी नीतिगत व्यवस्था २०६६ सालमै गरिएको छ, यसैकारण चिनियाँ बैंकका शाखा खोल्न दिन कुनै कानुनी र नीतिगत व्यवस्थाले अबरोध गर्दैन, राष्ट्र बैंकले पठाएको राय उदृत गर्दै अर्थ मन्त्रालयका एक अधिकारीले बताए।

चिनियाँ बैँकले नेपालमा शाखा खोल्ने सम्बन्धमा हुने एमओयूमा नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जीवी नेपाल र चीनको केन्द्रीय बैंकका प्रमुखले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ, जसका लागि नेपाल प्रधानमन्त्री ओलीसँग चीन भ्रमणमा जाने छन् । आजको राजधानी दैनिकमा खबर छ ।



नेपालमा शाखा खोल्दै चिनियाँ बैंक Reviewed by marumala srinu on 7:07 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.