Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

आर्सनललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

इङ्लिस क्लब आर्सनललाई हराउँदै स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ। 
 
गएराति आफ्नै घरेलु मैदान नाउ क्याम्पमा भएको प्रि–क्वाटर फाइनलको दोस्रो लेगमा आर्सनललाई ३–१ पराजित गर्दै समग्रमा ५–१ को जित निकाल्दै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको हो। 
 
बार्सिलोनाका लागि खेलको १८ औं मिनेटमा नेमारले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको ५१ औं मिनेटमा आर्सनलका लागि महम्मद नेन्नीले गोल गर्दैै खेल १–१ को बराबरीमा ल्याए। 
 
खेलको ६५ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दैै बार्सिलोनालाई पुनः अग्रता दिलाए। यस्तै खेलको ८८ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै बार्सिलोनालाई दोस्रो लेगमा ३–१ को जित दिलाए। 
 
यसअघि आर्सनलको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा बार्सिलोना २–० गोल अन्तरले विजयी भएको थियो। 


आर्सनललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा Reviewed by marumala srinu on 7:14 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.