Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

उमेर हद बढाएर जागिर थप्ने खेल

४ चैत, काठमाडों । उमेरहदका कारण अवकाशनजिक रहेका करिब दुई दर्जन सचिव र सहसचिव पदावधि बढाउन एवं बढुवा खान निजामति ऐन नै संशोधन गराउन सक्रिय भएका छन् ।

Simhadurbarराजनीतिक पहुँचवाला केही बहालवाला सचिव र सहसचिवकै स्वार्थ पूर्ति गर्न सरकारले अध्यादेशमार्फत ऐन संशोधन तयारी बढाइसकेको आजको नागरिक दैनिकमा समाचार छ ।

ऐनमा रहेको कर्मचारीको उमेरहद ५८ बाट ६० पुर्याउने सरकारी तयारी छ । संसद् नचलेका बेला अत्यावश्यक ऐन बनाउन वा संशोधन गर्न अध्यादेश ल्याउने प्रचलन छ ।

ऐन संशोधन गरेर युवा पुस्ताका योग्य कर्मचारीको अवसरको बाटोसमेत केही वर्ष छेक्ने गरी पहुँचवाला सीमित प्रशासकको दबाबमा सामान्य प्रशासन मन्त्रालयले निजामति सेवा ऐन अध्यादेश मन्त्रिपरिषद पठाउन अन्तिम तयारी गरिरहेको छ ।

५८ वर्षे उमेहदका कारण पाँचवर्षे पदावधि नसकिँदै पदमुक्त हुनुपर्ने भएपछि सामान्य प्रशासन सचिव टंकमणि शर्मा ऐन संशोधन गराउन मन्त्री र नेताकहाँ धाइरहेका छन् । ऐन संसोधन भइर उमेरहद बढाउन सके उनी २०७३ सम्म सचिव रहन पाउँछन् ।


उमेर हद बढाएर जागिर थप्ने खेल Reviewed by marumala srinu on 6:52 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.