Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सीके राउत पक्राउ पर्ने- प्रहरीले राउत फरार रहेको भन्दै विशेष अदालतसंग माग्यो पक्राउ आदेश

काठमाडौँ, स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत फरार रहेको भन्दै सप्तरी प्रहरीले उनलाई झिकाउन अदालत समक्ष माग गरेको छ ।

सप्तरी प्रहरीले विशेष अदालत काडमाडौंमा आइतबार डा.राउतका ६ जना कार्यकर्ता विरुद्ध दायर गरेको अभियोग पत्रमा डा.राउतलाई मगाउन आदेश दिन माग गरेको छ ।

अभियोग पत्रमा भनिएको छ, ‘फरार अभियुक्त डा.राउतलाई आदेश जारी गरी मगाई पाउँ’ । सप्तरी प्रहरीले दर्ता गराएको दुई अभियोग पत्रमा तीन तीन जना गरी राउतका ६ जना कार्यकर्ता मुछिएका छन् ।

प्रहरी हिरासतमा रहेका ६ जनै कार्यकर्ताको सोमबार अदालतमा बयान पछि बहस हुँदैछ ।



सीके राउत पक्राउ पर्ने- प्रहरीले राउत फरार रहेको भन्दै विशेष अदालतसंग माग्यो पक्राउ आदेश Reviewed by marumala srinu on 7:22 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.