विश्वकप ट्वेन्टी–२० क्रिकेटमा आज भारत र न्युजिल्याण्ड भिड्ने
काठमाडौं, चैत २ । विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर टेनका खेलहरु आजबाट सुरु हुँदैछन् ।
भारतमा जारी प्रतियोगिताको प्रारम्भिक चरणका खेलहरु अस्ती सकिएपछि आजबाट दोस्रो चरण अर्थात सुपर टेनका खेलहरु हुन लागेका हुन् ।
आज हुने समुह दुईको पहिलो खेलमा आयोजक भारत
र न्युजिल्याण्ड भिड्नेछन् । भारतको नागपुरमा हुने खेल नेपाली समय अनुसार बेलुकी पौने आठ बजे सुरु हुनेछ ।
यो समुहमा भारत र न्युजिल्यान्डसँगै अष्ट्रेलिया, पाकिस्तान र बंगलादेश रहेका छन् । यसैगरी समुह एक मा श्रीलंका, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र अफ्गानिस्तान रहेका छन् ।
बंगलादेश र अफ्गानिस्तान प्रतियोगिताको प्रारम्भिक चरणबाट छनोट हुँदै सुपर टेनमा प्रवेश गरेका हुन् ।
अन्य आठ टोली भने आईसीसी विश्व वरियताको शीर्ष आठमा रहँदै सिधै प्रतियोगिताको सुपर टेनमा परेका हुन् । दुबै समुहका शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
विश्वकप ट्वेन्टी–२० क्रिकेटमा आज भारत र न्युजिल्याण्ड भिड्ने
Reviewed by marumala srinu
on
7:14 PM
Rating:
No comments: