Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

न्युयोर्कलाई हाइड्रोज बमले ध्वस्त पार्ने उत्तर कोरियाको धम्की

एजेन्सी – उत्तर कोरिया र अमेरिकाबीचको वाकयुद्धले तीव्रता पाएको छ । उत्तर कोरियाका नेता किम जोङ उनले यसपटक अमेरिकाको न्युयोर्क सहरमै बम बिस्फोटन गराउने धम्की दिएका छन् । न्युयोर्कमा हाइड्रोजन बम खसाल्ने चेतावनी नेता किमले दिएको दक्षिण कोरियन एजेन्सीले जनाएका छन् । नेता किमले अहिलेसम्मकै कडा टिप्पणी अमेरिकालाई दिएको जनाएको छ । ‘उत्तर कोरियामाथि धेरै अन्याय भए , हामी न्युयोर्कलाई हाइड्रोजन बमले उडाउँछौं,’ उत्तर कोरियन एजेन्सीको समाचार उद्धृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सीले सोमबार सम्प्रेषण गरेका छन् ।

उत्तर कोरियन नेता किमले अमेरिका र दक्षिण कोरियाले आयोजना गरेको संयुक्त सैनिक अभ्यास मन पराएका छैनन् । अमेरिका र दक्षिण कोरिया उत्तर कोरियालाई जिस्क्याउन मनसायले सैनिक अभ्यास निरन्तर गरिराखेका छन् । नेता किमले यसलाई तत्काल रोक्नुपर्ने पनि बताएका छन् । तर, दुवै पक्ष मान्न तयार देखिँदैनन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


न्युयोर्कलाई हाइड्रोज बमले ध्वस्त पार्ने उत्तर कोरियाको धम्की Reviewed by marumala srinu on 7:57 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.