Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

मेनपावर कहिलेसम्म बन्द ?

काठमाडौं – संयुक्त अरब इमिरेट्स जान राजधानी आएका सिन्धुली , बर्दिवास–७ का पूर्णबहादुर वाइबा बेखर्ची भएपछि आइतबारदेखि नयाँ बसपार्कस्थित होटलमा काम गर्न थालेका छन् । साँझ बिहान गुजारा चलाउने उपाय फेला नपारेपछि होटलमा भाँडा माझ्न थालेको वाइबाले बताए । डेढ महिनाअघि घर छाड्दा ल्याएको पैसा सकिएपछि ३७ वर्षीय उनका लागि होटलमा भाँडा माझ्नुपर्ने बाध्यता आइलागेको हो ।

फागुन १२ गते प्रहरीले ठगी र मानव तस्करी आरोपमा १२ मेनपावर सञ्चालकसहित १४ जनालाई पक्राउ गरेपछि बढेको प्रहरी –व्यवसायी विवादले अहिले वैदेशिक रोजगारीमा जान तयार कामदार बेखर्ची भएर राजधानीमा अलपत्र छन् । प्रहरीले पीडितलाई सहयोग गर्ने मनसायले मेनपावरमा छापा मारी आरोप लागेका सञ्चालकलाई पक्राउ गरेपछि विवाद बढेर फागुन २३ गतेदेखि मेनपावरले कामदार पठाउन छाडेका हुन् ।

वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा मेनपावर बन्द गरिएपछि श्रम स्वीकृति लिने क्रम निकै घटेको छ । आजको नागरिक दैनिकमा खबर छ ।



मेनपावर कहिलेसम्म बन्द ? Reviewed by marumala srinu on 8:15 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.