Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बिहानको भूकम्पले सिन्धुपाल्चोकमा जमिन फाट्यो

काठमाडौंः मंंगलबार बिहानै गएको ४.५ म्याग्निच्यूडको भूकम्पले सिन्धुपाल्चोकमा  जमीन फाटेको  छ । 
 
बिहान ३ बजेर  १२ मिनेटमा गएको यो भूकम्पले सिन्धुपाल्चोकको सेलाङ गाविसस्थित बाँसखर्कमाा रहेको भूकम्पपीडितको बस्तीमै जमीन फाटेपछि स्थानीय त्रसित भएका छन् 

सोमबारदेखि असिना पानी परेसँगै चलेको हावाहुरीले अस्थायी छाप्राका त्रिपाल उडाएपछि बिचल्लीमा परेका बाँसखर्कका डेढ  सय परिवार भूकम्पपीडित जमिन फाटेपछि झनै आतंकित भएका छन् ।
जमिन फाटेपछि त्यहाँ पहिरो जाने डरले भूकम्पपीडितको चिन्ता बढाएको छ । बैशाख १२ को भूकम्पपछि पनि त्यस आसपासमा जमिन फाटेर पहिरोसमेत चलेको थियो ।

‘हावाहुरीले बिचल्ली बनाएका बेला भुइँचालो आएपछि जमिन चिराचिरा परेको छ’, बाँसखर्कमा बस्दै आएका भूकम्पपीडित जरेबहादुर तामाङले अन्नपूर्ण अनलाइनसँग भने, ‘छाप्रा भएकै बस्तीमा जमिन फाटेपछि यहाँबाट पनि भाग्ने अवस्था आएको छ ।’

सोमबारको हावाहुरी बाँसखर्कमा रहेका डेढ सय बढी भूकम्पपीडितका अस्थायी छाप्रा उडाइदिएको थियो । 

घर बनाउन नसकेका आर्थिकरुपमा कम्जोर भूकम्पपीडितहरु त्यहाँ बस्दै आएका छन् । बाँसखर्कमा गोल्छे, गुम्बा र सेलाङ गाविसका  भूकम्पपीडित अस्थायी छाप्रोमा बसिरहेका  थिए । 


बिहानको भूकम्पले सिन्धुपाल्चोकमा जमिन फाट्यो Reviewed by marumala srinu on 8:25 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.