Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री थापासँग भारतीय विदेशमन्त्रीको छुट्टाछुट्टै भेट -

पोखरा– भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापासँग छुट्टाछुट्टै भेट गरेकी छिन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) विदेशमन्त्री स्तरीय बैंठकमा सहभागि हुन पोखरा आएकी स्वराज र प्रधानमन्त्री ओली विच बुधवार राति भेटवार्ता भएको हो । विदेशमन्त्रीहरुको स्वागतमा सांग्रिला भिलेज रिसोर्टमा भएको रात्रीभोजपछि स्वराज र ओलीविच छुट्टै कुराकानी भएको हो । झण्डै २० मिनेटको भेटमा दुई देशबीचको सम्बन्ध सुधारका विषयमा कुराकानी भएको स्रोतले बताएको छ । प्रधानमन्त्री ओली र भारतीय विदेश मन्त्री स्वराज अन्य अधिकारीलाई छोडेर एक्का एक्लै कुराकानीमा जुटेका थिए । ओलीलाई भेटेलगत्तै स्वराज र मन्त्री थापा विच भेटवार्ता भएको थियो । बैंठक चलिरहेको होटल पोखरा ग्राण्डमा राति साढे १० बजेदेखि ११ बजेसम्म भेटवार्ता चलेको थियो । यसैविच परराष्ट्र मन्त्री थापाले बुधवार साझनै बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली र अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाईसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । बैंठकमा चासोका साथ हेरिएको भारत र पाकिस्तान वार्ता बुधवार तय भएको छ । भारतीय विदेशमन्त्री स्वराज र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज विच विहिवार अपरान्ह भेटवार्ता तय भएको स्रोतले बताएको छ । स्वराज र अजिज बुधवार राति आयोजित रात्रीभोजमा पनि सँगै थिए । पोखराका जारी सार्क मन्त्रीपरिषद् बैंठक अन्तर्गत ३७ औं विदेश मन्त्री स्तरीय बैंठक विहिवार हुदैछ । बैंठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । 
प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री थापासँग भारतीय विदेशमन्त्रीको छुट्टाछुट्टै भेट - Reviewed by marumala srinu on 10:32 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.