Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

फाेहाेर खेर नफालाैं- राजधानीकाे फोहरबाट बालिँदैछ बिजुली ।

काठमाडौं- दैनिक तीन टन जैविक फोहर प्रशोधन गरेर काठमाडौंमा दिनहुँ १४ किलोवाट बिजुली निकालिने भएको छ। काठमाडौं महानगरपालिकाले युरोपियन युनियनको सहयोगमा तीन महिनाभित्र बिजुली निकाल्ने सम्झौता बुधबार गरेको हो। - 

विद्युत प्लान्ट ल्याउन छनोट भएको राज एन्ड रिवाज नेपलिज वेस्ट कम्पनी जेभीसँग महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सम्झौतापत्रमा हस्ताक्षर गरे। नेपाल र भारतका तीन कम्पनी मिलेर भारतको पुनाबाट प्लान्ट काठमाडौं ल्याउन लागेको जेभीका संयोजक कुन्दन सिंहले बताए।

प्लान्टका लागि १ करोड ८२ लाख रुपैयाँ लाग्ने सम्झौतामा उल्लेख छ। 'अबको तीन महिनामा मेसिन ल्याएर बिजुली निकाल्न सक्छौं,' हस्ताक्षरपछि सिंहले भने, 'सम्झौता पालना गरेर समयमै काम गर्छौं।'

युरोपियन युनियनसँगको यो तीनवर्षे कार्यक्रम सन् २०१४ अप्रिलमा सुरु भएको थियो। महानगरपालिकामा पाइलट प्रयोग गरेपछि अन्य क्षेत्रमा पनि विस्तारमा सहयोग पुग्ने महानगरपालिकाको वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।

नमुना रुपमा देशमै पहिलोपटक सुरु गरिएको यो प्रविधि सफल भए देशभर र काठमाडौंका अन्य क्षेत्रमा पनि विस्तार गर्न उपयोगी हुने महानगरपालिकाको भनाइ छ। उत्पादित बिजुली टेकुका सडकबत्ती र टेकुस्थित महानगरको फोहर ट्रान्पोर्टेसन क्षेत्रमा सदुपयोग गर्ने तयारी छ।

जैविक र अजैविक फोहरलाई वर्गीकरण गर्ने, आधारभूत संरचनासहितको उपकरणबाट उत्पादित बायोग्यासलाई जेनेरेटरमार्फत बिजुली निकालिने श्रेष्ठले जानकारी दिए।

एकीकृत दिगो फोहरमैला व्यवस्थापन प्रवर्द्धन परियोजना सम्पन्न गर्न करिब सवा ३ करोड रुपैयाँ छुट्ट्याइएको छ। यसअन्तर्गत युरोपियन युनियनको ८० प्रतिशत र महानगरपालिकाको २० प्रतिशत लगानीमा परियोजना कार्यान्वयन हुन लागेको छ। 'पहिलो प्राथमिकता भनेको फोहरबाट बायोग्यास र त्यसबाट बिजुली निकाल्ने नै हो,' श्रेष्ठले भने, 'यो पाइलट प्रोजेक्ट हो। सफल भए अन्य क्षेत्रका साथै देशभर विकास गर्न सकिन्छ।'

तीनवर्षे परियोजनाअन्तर्गत महानगरको वडा नंं १२ र १९ मा जैविक फोहर छुट्ट्याउने काम भइरहेको उनले जानकारी दिए। जनजागरणमार्फत फोहरलाई स्रोतमा घटाउने, पुनः प्रयोग तथा पुनः चक्रीय प्रयोग गरेर फोहरको मात्रा घटाउने लक्ष्यअनुरुप परियोजना चलिरहेको छ। सामुदायिक समूहलाई फोहरमैला व्यवस्थापनमा सहभागी गराउने एवं क्षमता विकासमा सघाउने उनले जानकारी दिए। बिजुली निकाल्ने उपकरण खरिद गर्न डिसेम्बर महिनामै टेन्डर गरिएको थियो।

महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत तामाङले हस्ताक्षरपछि नमुनागत रुपमा जैविक फोहरबाट बिजुली निस्कनेमा आफू विश्वस्त रहेको बताए। 'धेरै लामो समय भयो, काठमाडौंमा फोहरबाट बिजुली निकाल्ने भनेको। अब हामी यसको नजिक छौं,' उनले भने, 'परियोजनालाई आजको अवस्थासम्म पुर्याुउने सबै कर्मचारीलाई धन्यवाद दिन चाहन्छु।'

राजधानीका घरघरबाट निस्कने फोहरको ७० प्रतिशत जैविक हुने उनले बताए। जुन अत्यधिक गन्हाउने पनि उनले बताए। यसको प्रयोगबाट बिजुली निकाल्न सके फोहरमा महानगरपालिकाको लगानी न्यून हुने उनले विश्वास गरे।

'सबै क्षेत्रमा यसरी नै उपयोग गर्दै गए फोहर निकै कम मात्रामा व्यवस्थापन गरे पुग्छ,' उनले भने, 'यसले हामीलाई फोहरलाई डम्पिङ साइटमा मात्रै फाल्नुपर्ने बाध्यता हट्छ। र, लगानी पनि जोगिन्छ।'

महानगरपालिकाले वार्षिक करिब ५० करोड रुपैयाँ फोहर व्यवस्थापनमा खर्चिंदै आएको छ। यसमध्ये जैविक फोहरबाट बिजुली निकाल्न सके फोहरमा लगानी घट्ने र महानगरको अन्य विकास काममा लगानी गर्ने बाटो खुल्ने तामाङले बताए ।
फाेहाेर खेर नफालाैं- राजधानीकाे फोहरबाट बालिँदैछ बिजुली । Reviewed by marumala srinu on 11:22 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.