विश्वकपमा अफगानिस्तानको ठूलो लक्ष्य ।
कोलकाता- विस्फोटक ओपनर मोहम्मद सहजाद उच्च फर्ममा रहँदा अफगानिस्तानले बिहीबार कोलकाताको इडेन गार्डेनमा ट्वान्टी–२० विश्वकप सुपर १० को खेलमा भेट हुँदा दबाब झेलिरहेको साविक विजेता श्रीलंकालाई निराश पार्न प्रयास गर्नेछ।
प्रतियोगिताको वरियताहिन विपक्षीमाथि उपाधि रक्षा अभियानको पहिलो खेलमा विजय हासिल गरे पनि त्यो साविक विजेता श्रीलंकाका लागि ठूलो नतिजा हुने छैन। पछिल्ला सातामा कप्तान तथा प्रशिक्षक परिवर्तन गरेपछि अन्योलको अवस्थामा रहेको श्रीलंकालाई त्यसले लयमा फर्किन सहयोगसम्म गर्न सक्छ। तर छनोट चरण पार गरेर उत्साहका साथ सुपर १० मा पुगेको अफगानिस्तानका लागि भने श्रीलंकामाथिको जुनसुकै सफल नतिजाले ठूलो अर्थ राख्नेछ।
अफगानिस्तानले गतसाताको छनोट चरणमा जिम्बाब्वेमाथि ५९ रनको प्रभावशाली विजय निकाल्दै सुपर १० मा स्थान बनाएको थियो। द्वन्द्वका कारण सबै अन्तर्राष्ट्रिय खेल घरेलु मैदानभन्दा बाहिर खेल्दै आएको अफगानिस्तान जारी विश्वकपको सुपर १० पुग्ने एकमात्र टेस्ट नखेल्ने देश हो।
२०१० को ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाएयता अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का सबै मुख्य प्रतियोगितामा स्थान बनाउँदै आएको छ। टोली गतवर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न ५० ओभरको विश्वकपमा पनि छानिएको थियो। उच्च फर्ममा रहेका ओपनर तथा विकेटकिपर सहजादको प्रेरणामा टोलीले १९ ट्वान्टी–२० अन्तर्राष्ट्रियमध्ये १६ मा जित हासिल गरेको छ। वितेको वर्षमा सहजादले ३४.६६ को औसतमा ६ सय २४ रन बनाएका छन्। त्यसमा जनवरीमा जिम्बाब्वेविरुद्ध ६७ बलमा बनाएको अविजित १ सय १८ रन पनि सामेल छ।
ब्याटबाट खेल्ने रंगिन सटहरुका अलावा ३१ वर्षे स्टार स्टम्पपछाडिको भुमिकामा पनि भरपर्दा छन्। जसका कारण उनी टोलीको हौसला कायम राख्ने मुख्य पात्र हुन्। 'मैदानमा रहँदा हामी देशभित्रको समस्या कहिल्यै दिमागमा राख्दैनौं,' सहजादले हालै एएफपीसँगको अन्तरवार्तामा भनेका थिए, 'हामी यहाँ प्रतियोगितामा भाग लिनमात्र आएका होइनौं। हामीले देशमा समस्या भोगिरहेका अफगानी जनतालाई खुसी दिन पनि केही राम्रो गर्नुपर्छ।'
सुपर १० मा सबै ठूला प्रतिद्वन्द्वीसँग खेल्नुपर्ने हुँदा अफगानिस्तानले पहिलो खेलमा श्रीलंकाभन्दा सहज विपक्षी अपेक्षा गर्न सक्दैन। २०१४ मा उपाधि जितेयता श्रीलंकाले खेलेका १४ ट्वान्टी–२० अन्तर्राष्ट्रियमध्ये चारमामात्र विजय पाउन सकेको छ। साविक विजेता टोली अहिले विश्व ट्वान्टी–२० वरियताको आठौं स्थानमा झरेको छ। भारत आउनुअघि बंगलादेशमा सम्पन्न एसिया कपमा पनि श्रीलंकाको प्रदर्शन दूर्भाग्यजनक थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा संघर्ष गरिरहेको टोलीले भारत आउनुभन्दा केही घन्टाअघिमात्र घाइते कप्तान लसिथ मालिंगालाई परिवर्तन गर्नुपरेको थियो।
तर श्रीलंकाली ट्वान्टी–२० टोलीका नवनियुक्त कप्तान एन्जेलो म्याथुजको विचारमा पछिल्लो समयको कमजोर इतिहासले नै श्रीलंकालाई जारी विश्वकपमा फाइदा पुर्यायउनेछ।
'बाहिरबाट हेर्दा कसैले पनि हामीलाई दावेदार र बलियो टोलीका रुपमा हेरेका छैनन्। तत्कालका लागि हामीलाई त्यसले फाइदै पुग्छ। हामीमाथि ठूलो अपेक्षा छैन, त्यसको मतलब हामीमाथि दबाब पनि छैन,' म्याथुजले भने, 'दबाब नभएपछि हामी स्वतन्त्रताका साथ खेल्न सक्नेछौं। मैले आफ्नो टोलीबाट ठूलो आश गरेको छु। दबाबमुक्त भएर खेल्यौं भने हामी धेरै टिमलाई हराउन सक्षम हुनेछौं। जारी विश्वकपमा हामीले धेरैको अपेक्षाविपरित सफल नतिजा ल्याउनेछौं।'

Reviewed by marumala srinu
on
11:29 PM
Rating:

No comments: