१३ वर्षदेखि जंगलमा
-आश गुरुङ, गिलुङ (लमजुङ)
लमजुङको गिलुङ ६ कुलेस्वाराको जंगलमा खोरिया फाँडेर बसेका सिंगरास गुरुङ र पत्नी अस्मिता ।
बिहे गरेपछि गाउँमा आउन दिएनन् ।
पछि गाउँ पस्न त दिए, बस्न भने दिएनन् ।
माथिल्लो क्षेत्रमा सालका रूख छन् ।
तल्लो भागमा पहरा र पहरामुनि खोरिया ।
त्यही खोरियामा १३ वर्षदे खि ५१ वर्षीय सिंगरास गुरुङ दम्पती बस्छन् ।
गिलुङ ६ कुलेस्वारामा खोरिया खनेर स्याउला र चित्राले बारेर दुई सन्तानका साथ बस्दै आएका छन् ।
गुरुङ पत्नी ३० वर्षीया अस्मिता विश्वकर्मा बिट च्यातिएको सिल्भरको गाग्रीमा १ घण्टाको समय लगाएर पानी ल्याउँछिन् ।
नजिक मुहान छैन ।
२१ वर्ष फरक उमेरको अन्तर जातीय जोडी हाँसी खुसी छ ।
समाजबाट भने बहिष्कृत छन् ।
गाउँकै विद्यालयमा नौ वर्षे छोरा सुल बहादुर ३ र आठ वर्षका सानो छोरा मेख लाल १ मा पढ्छन् । अस्मिताको माइती पुग्न १० मिनेट लाग्छ । सिंगरासको घर पुग्न भने एक घण्टा ।
‘यिनलाई बिहे गरेपछि मलाई गाउँमा आउन दिएनन्,’ पत्नी बाट पानीको गाग्री लिँदै उनले भने, ‘पछि गाउँ पस्न त दिए, बस्न भने दिएनन् ।’ अहिले गाउँ जाँदा सबैले काँमै छाइँ आखो (कामीयता नआऊ) भन्ने गरेको उनले बताए । घरभित्र पस्नु परको कुरा ।
अस्मिताका अनुसार माइतीमा भने खासै रोक तोक छैन ।
‘गाउँ बस्न नदिएपछि माइतीको नजिकै आएँ । सँगै बस्न भने सकिएन,’ उनले भनिन् ।
१४ वर्षको उमेरमा अस्मितालाई बा–आमाले चरा गाउँमा विवाह गराइदिए ।
एक छोरी पनि जन्मिइन् ।
तिनै छोरी बाट उनी ३० वर्षको उमेरमै हजुर आमा बनेकी छन् ।
सिंगरासका अनुसार गाउँ बाट जंगलमा घाँस दाउरा गर्दा अस्मिता सँग भेट भएको हो ।
उनी सँग घरजम गरेपछि गिलुङकै सिकला गुरुङको खेरा गइरहेको जग्गामा बसेको उनले बताए ।
उनीहरू अहिले पोखरा छन् ।
१३ वर्षदेखि जंगलमा
Reviewed by marumala srinu
on
10:11 PM
Rating:
Reviewed by marumala srinu
on
10:11 PM
Rating:

No comments: