Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

१३ वर्षदेखि जंगलमा

-आश गुरुङ, गिलुङ (लमजुङ)

लमजुङको गिलुङ ६ कुलेस्वाराको जंगलमा खोरिया फाँडेर बसेका सिंगरास गुरुङ र पत्नी अस्मिता ।
बिहे गरेपछि गाउँमा आउन दिएनन् ।
 पछि गाउँ पस्न त दिए, बस्न भने दिएनन् ।
माथिल्लो क्षेत्रमा सालका रूख छन् ।
 तल्लो भागमा पहरा र पहरामुनि खोरिया । 
त्यही खोरियामा १३ वर्षदे खि ५१ वर्षीय सिंगरास गुरुङ दम्पती बस्छन् ।
गिलुङ ६ कुलेस्वारामा खोरिया खनेर स्याउला र चित्राले बारेर दुई सन्तानका साथ बस्दै आएका छन् ।
 गुरुङ पत्नी ३० वर्षीया अस्मिता विश्वकर्मा बिट च्यातिएको सिल्भरको गाग्रीमा १ घण्टाको समय लगाएर पानी ल्याउँछिन् । 
नजिक मुहान छैन ।
 २१ वर्ष फरक उमेरको अन्तर जातीय जोडी हाँसी खुसी छ ।
समाजबाट भने बहिष्कृत छन् । 
गाउँकै विद्यालयमा नौ वर्षे छोरा सुल बहादुर ३ र आठ वर्षका सानो छोरा मेख लाल १ मा पढ्छन् । अस्मिताको माइती पुग्न १० मिनेट लाग्छ । सिंगरासको घर पुग्न भने एक घण्टा ।
‘यिनलाई बिहे गरेपछि मलाई गाउँमा आउन दिएनन्,’ पत्नी बाट पानीको गाग्री लिँदै उनले भने, ‘पछि गाउँ पस्न त दिए, बस्न भने दिएनन् ।’ अहिले गाउँ जाँदा सबैले काँमै छाइँ आखो (कामीयता नआऊ) भन्ने गरेको उनले बताए । घरभित्र पस्नु परको कुरा । 
अस्मिताका अनुसार माइतीमा भने खासै रोक तोक छैन ।
‘गाउँ बस्न नदिएपछि माइतीको नजिकै आएँ । सँगै बस्न भने सकिएन,’ उनले भनिन् ।
१४ वर्षको उमेरमा अस्मितालाई बा–आमाले चरा गाउँमा विवाह गराइदिए ।
 एक छोरी पनि जन्मिइन् ।
 तिनै छोरी बाट उनी ३० वर्षको उमेरमै हजुर आमा बनेकी छन् । 
सिंगरासका अनुसार गाउँ बाट जंगलमा घाँस दाउरा गर्दा अस्मिता सँग भेट भएको हो ।
उनी सँग घरजम गरेपछि गिलुङकै सिकला गुरुङको खेरा गइरहेको जग्गामा बसेको उनले बताए ।
 उनीहरू अहिले पोखरा छन् । 
उनका बाबु बजिरले आठ वटी बिहे गरेका थिए ।
१३ वर्षदेखि जंगलमा Reviewed by marumala srinu on 10:11 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.