Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

निर्मलाको हत्या कि आत्महत्या ।

निर्मलाको हत्या कि आत्महत्या, बालक भन्छन मारेर पासो लगाएको हो 
रेडियो तहल्का सल्यान 
फागुण २८, सल्यान ।
 सेतो कपडा शरिरमा बेरेर बाजेको आडैमा बसेका त्रिवेणी ४ का हेमराज वि.क.ले फाल्गुण २२ गते राति आमालाई गुमाएका छन । आमाकै क्रियामा बसेका ९ वर्षका वि.क.ले आफ्नो आमा निर्मला वि.क.लाई उनकै घरमा बस्ने मन्दरी बुढाथोकी र उनका सहयोगिहरुले हत्या गरेर पासो लगाइदिएको बताउछन । 
मन्दरी र उनकी बहिनी मोती खड्का र देवरानी रुपा बोहराले आफ्नो आमालाई झप्पल र ढुङ्गाले हानेर हत्या गरेको भनिरहदा प्रहरीको कुटाई खाएका उनका बाजे आँखाभरी आँशु र उनका ५ बर्षिय भाई आमाको पर्खाइमा प्याकेटको भुजा खाइरहेका थिए । शिवरात्रीको दिन भएको उक्त घटनाको प्रहरीले मुचुल्का उठाई पोष्टमार्टमका लागि अस्पताल पु¥याएका थिए । अस्पतालबाट पोष्टमार्टमको रिपोर्ट नआउदै प्रहरीले मृतकका ससुरा मनिराम वि.क.लाई लास बुझ्न लगाई जलाउन लगाएको उनका आफन्तहरु बताउदै थिए । 
 लास सेलाएर काजक्रियामा लागेपछि मृतकका आफन्तले प्रहरी मार्फत पोष्टमार्टम रिपोर्ट आउन ढिला भएपछि शंकाले हेर्दै ९ बर्षिय छोरा हेमराज वि.क.लाई के भएको बाबु भनेर सोधीखोजि थाले । बालक हेमराजले आमालाई घरमा बस्ने आरोपी मन्दरी बुढाथोकीका श्रीमान गोपिलाल बुढाथोकीले आफुले ल्याएका माछा दिएको, माछा दिएपछि किन माछा दिएको त्यसलाई भन्दा पहिला उनै २ जनामा भनाभन भएको पछि त्यो झगडा आफ्नो आमासंग सरेको बताएका थिए । बालकलाई उनिहरुले सोध्दै जाँदा बालकले आफ्नो आमाले मन्दरीलाई लखेटेपछि उनले साथिहरु बोलाई ३ जना लागेर मारी पासो लगाइदिएको बताएका थिए । 
उता प्रहरीले मुचुल्कामा आत्महत्या गरेको सतगत पुर्जी मृतकका ससुरालाई थमाइदिएको छ । आत्महत्या भनी प्रहरी पुर्जी ससुरालाई दिनु अनी पोष्टमार्टम रिपोर्टपनि समयमा नआउनु कतै प्रहरी नै बदमासी त गर्दैछैन भन्दै मृतकका आफन्तले किटानी जाहेरी सहित ३ जना आरोपी र मुख्य आरोपीका श्रीमानलाई ज्यान केश सम्बन्धि इलाका प्रशासन कार्यालयमा मुद्धा दर्ता गरेका थिए ।
 प्रहरीले निवेदनका आधारमा आरोपी चारै जनालाई नियन्त्रणमा लिएर कार्वाहीको प्रक्रिया अगाडि बढाएको छ ।  
 मृतकका आफन्तले पिडितलाई कार्वाहि गर्ने क्रममा ढिला सुस्ती गर्नु घुसपैठ भएको भन्दै इलाका प्रहरी कार्यालय लुहाममा विहिबार प्रदर्शन पनि गरेका छन । उनिहरुले राप्ती राजमार्गलाई समेत ठप्प पार्नेगरि गरेको प्रर्दशन चलिरहदा स्थिती नियन्त्रण बाहिर गएको थियो । स्थिती नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको जनाएको छ । अश्रुग्याँसको पहारपछि स्थिती नियन्त्रणमा आएको थियो भने प्रर्दशनका क्रममा दर्जन प्रदर्शनकारीले प्रहरीको कुटाई खाएका छन भने २ जना प्रहरी जवान दिपेन्द्र श्रेष्ठ र खड्क सुनार घाइते बनेका छन । प्रहरीले ९ जना आन्दोलनकारीलाई उग्र बनेको भन्दै नियन्त्रणमा समेत लिएको छ । 
 प्रहरी निरिक्षक सुरेश गौतमले आफुहरुले त्यतिकै आरोपिहरुलाई हत्यारा भन्न नसकिने हत्या गरेको भएपनि हत्यारा भन्ने काम अदालतको हुने जनाएका छन ।  उनले हत्या वा आत्महत्या  के हो घटनाको वास्तविकता छानविनपछि मात्रै खुल्ने बताउदा पनि आन्दोलनकारी उग्र बनेर इलाका प्रहरी कार्यालय लुहामका झ्यालका सिसाहरु फुटाएकोले अश्रुग्यास र लाठि चार्ज गर्नुपरेको बताएका छन । 
तस्विर : मृतकका ससुरा २ बच्चा र प्रहरीले दिएको सतगत पुर्जी
निर्मलाको हत्या कि आत्महत्या । Reviewed by marumala srinu on 10:17 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.