Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

गोर्खा सैनिकलाई ब्रुनाईमा खटाउने निर्णय सच्याउनुपर्ने माग राख्दै उपराष्ट्रपतिसमक्ष ज्ञापनपत्र

काठमाडौँ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय सेनामा कार्यरत नेपाली युवालाई ब्रुनाईको सुरक्षार्थ खटाउने निर्णय सच्याउनुपर्ने माग राख्दै उपराष्ट्रपति नन्दबहादुर पुनसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

मोर्चाले आज दिउँसो उपराष्ट्रपति कार्यालय बहादुरभवन पुगेर भारतका उपराष्ट्रपति मोहम्मद हमीद अन्सारीले भारतीय सेनामा कार्यरत नेपाली युवालाई ब्रुनाईको सुरक्षार्थ खटाउन गरेको प्रस्तावको निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको टोलीले सुगौली सन्धि भएको २०० वर्ष पुगेको र गोर्खा भर्ती सुरु भएको २०१ वर्ष पुगेको सन्दर्भमा विदेशी सेनामा कार्यरत नेपाली युवाको हकअधिकार र तिनको स्वाभिमान तथा ती युवाप्रति नेपाल सरकारको दायित्वका सम्बन्धमा उपराष्ट्रपतिसमक्ष ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्र बुझेपछि उपराष्ट्रपति पुनले यो अत्यन्तै गम्भीर विषय भएकाले सरकारले गम्भीरतापूर्वक लिएको र यसलाई कूटनीतिक समाधानको माध्यमबाट टुङ्ग्याउनुपर्ने बताए । उनले भन्नुभयो–“यसलाई मैले ज्यादै गम्भीरतापूर्वक लिएको छु, यो ज्ञापनपत्रलाई सरकारको सम्बन्धित निकायमा पु¥याउनेछु ।”



गोर्खा सैनिकलाई ब्रुनाईमा खटाउने निर्णय सच्याउनुपर्ने माग राख्दै उपराष्ट्रपतिसमक्ष ज्ञापनपत्र Reviewed by marumala srinu on 9:48 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.