Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

प्रचण्डलाई कालो झन्डा देखाउने पूर्वमन्त्रीसहितका मोर्चाका नेता कार्यकर्ता रिहा

लहान । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई कालो झन्डा देखाउने क्रममा पक्राउ परेका पूर्वमन्त्रीसहित मधेसी मोर्चाका नेता कार्यकर्ता गए राति रिहा भएका छन् ।

जिल्ला विकास समिति सिरहाको २३औँ जिल्ला परिषद्को उद्घाटन कार्यक्रममा सहभागी हुन आउनुभएका अध्यक्ष दाहाललाई कालो झन्डा देखाउने क्रममा आइतबार प्रहरीले पूर्व बिनाविभागीय मन्त्री तथा सङ्घीय समाजवादी फोरम नेपालका नेता राजलाल यादवसहितका छ जना नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।

अध्यक्ष दाहाल विरुद्ध नाराबाजी गर्दै कालो झन्डा देखाउन खोजेपछि प्रहरीले पूर्वमन्त्री यादवसहित फोरम नेपालका जिल्ला सचिव प्रयाग यादव, नेता नवीन यादव, कप्लेश्वर यादवलगायतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पु¥याएका थिए ।
जिल्ला परिषद्को कार्यक्रम सम्पन्न भएर अध्यक्ष दाहाल कार्यक्रम स्थलबाट हिँडेपछि पक्राउ परेका नेता कार्यकर्तालाई प्रहरीले रिहा गरेका हुन् ।


प्रचण्डलाई कालो झन्डा देखाउने पूर्वमन्त्रीसहितका मोर्चाका नेता कार्यकर्ता रिहा Reviewed by marumala srinu on 9:31 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.