एउटा ग्यास बुलेट पल्टियो, ट्रकसँग अर्को बुलेट ठोक्कियो
कावासोती, चैत १ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्किबास–५ दाउन्नेमा गए राति ग्यास बुलेट अनियन्त्रित भई पल्टँदा चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ गुडिरहेको एनएल ०१ एल ३९२२ नम्बरको भारतीय ग्यास बुलेट अनियन्त्रित भई पल्टँदा बुलेटका चालक पटना आरसिया नगर–१६
विहार बस्ने २४ वर्षीय सोनुकुमार थापाको मृत्यु भएको हो ।
उनको शव दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै गएराति नै सोही ठाउँमा ट्रक र एलपी ग्यासको बुलेट एकापसमा ठक्कर खाँदा चार जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ गुडिरहेको लु१ख ४७३७ नम्बरको ट्रक र जीजे ६२५४०४ नम्बरको एलपी ग्यास ठक्कर खाँदा घाइते भएका चारै जनाको चितवनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)
एउटा ग्यास बुलेट पल्टियो, ट्रकसँग अर्को बुलेट ठोक्कियो
Reviewed by marumala srinu
on
9:55 PM
Rating:
No comments: