Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

आफ्नै दिदीलाई बलात्कार गर्ने भाइलाई १६ वर्ष कैद

भक्तपुर, भक्तपुर जिल्ला अदालतले आफ्नै दिदीलाई बलात्कार गर्ने भाइलाई १६ वर्ष कैद सजाय र रु तीन लाख क्षतिपूर्तिको फैसला गरेको छ ।
आज अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले भाइलाई कसुर ठहर गर्दै यस्तो फैसला गरेको हो ।

मध्यपुरथिमि नगरपालिका–१३ निकोसेरा घर भई हाल अनन्तलिङ्गेश्वर नगरपालिका–१२ दधिकोटमा बस्दै आएका २० वर्षका एक युवकले आफ्नै २२ वर्षकी दिदीलाई गत कात्तिक १२ गते जबर्जस्ती बलात्कार गरेको अनुसन्धानका क्रममा खुलेको अदालतले जनाएको छ ।

अदालतले जबर्जस्ती करणी महलको दफा ३ को उपदफा ५ अनुसार छ वर्ष कैद र हाडनाता करणी १ नंको ८ बमोजिम थप १० वर्ष कैद गरी कुल १६ वर्ष कैद र भाइबाट रु तीन लाख क्षतिपूिर्त भराउने फैसला गरेको अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

भाइविरुद्ध दिदीले प्रहरीमा उजुरी दिएपछि परिवारले पीडितलाई घरबाट र नोकरीबाट समेत सञ्चालकले निकालेपछि तत्कालका लागि पीडितलाई खान, बस्न र अध्ययन गर्नका लागि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गत लैङ्गिक हिंसा निवारण कोषबाट तत्कालका लागि रु दुई लाख उपलब्ध गराउने फैसला गरेको उहाँले जानकारी दिनुभयो । रासस


आफ्नै दिदीलाई बलात्कार गर्ने भाइलाई १६ वर्ष कैद Reviewed by marumala srinu on 6:09 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.