Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

दुबईमा समुद्रमा डुबेर झापाका युवकको मृत्यु

दमक, फागुन २८ । समुद्रमा डुबेर दुबईमा झापाका एक युवकको ज्यान गएको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका तोपगाछी–७ केराधाप घर भएका ३० वर्षीय भुपेन्द्र भण्डारीको समुद्रमा पौडी खेल्नेक्रममा डुबेर ज्यान गएको हो ।

गएको फागुन १४ गते समुद्रमा डुबेर मृत्यु भएपनि भण्डारीको परिवारलाई भने १३ दिनपछि बिहीबार (हिजो)मात्र जानकारी
आएको मृतकका दाजु भुवन भण्डारीले बताए ।

आर्थिक अवस्था कमजोर भएका भण्डारी रोजगारीकाक्रममा दुबई पुगेका थिए ।

उनको मृत्युको खबरले अहिले परिवार शोकमा डुबेको तथा मृतक भण्डारीको शव यही चैत १ गते नेपाल आइपुग्ने छिमेकी महेन्द्र अधिकारीले बताए । रासस 
दुबईमा समुद्रमा डुबेर झापाका युवकको मृत्यु Reviewed by marumala srinu on 7:57 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.