सार्क विदेशमन्त्रीस्तरीय बैठक आज, ओलीले उद्घाटन गर्ने
बिहीबार, ४ चैत
काठमाडौं । ‘मिनी सार्क सम्मेलन’ का नामले समेत परिचित सार्क विदेशमन्त्रीस्तरीय बैठक आज पोखरामा हुँदैछ ।
काठमाडौंमा सार्क शिखर सम्मेलन भएको एक वर्षपछि पोखरामा ३७ औं सार्क परराष्ट्रमन्त्री स्तरीय बैठक बस्न लागेको हो । आज हुने बैठकका लागि सार्क राष्ट्रका विदेशमन्त्रीहरु पोखरा पुगिसकेका छन् ।
बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री सुस्मा स्वराजबाहेकका सबै प्रतिनिधिहरु एउटै विमानबाट पोखरा पुगेका थिए । स्वराज गोरखपुरबाट सिधै पोखरा विमानस्थल उत्रेकी थिइन् ।
बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौसुन, श्रीलंकाका विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अब्दुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री क्मित खालिद कार्जाई र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाकार सर्तराज अजिज सहभागी हुनेछन् ।

No comments: