लिलामीमा राखिएको विजय माल्याको 'किङफिसर हाउस' कसैले किनेनन्
रक्सीको कारोबार गर्ने भारतीय उद्योगपति विजय माल्याको मुम्बइस्थित किङफिसर हाउसको लिलामी सुरु भएपनि हालसम्म कसैले कम्पनीको मुख्यालय किन्न बोल लगाएका छैनन्। भारतीय संचारमाध्यमका अनुसार इ-अक्सनद्वारा १ सय ५० करोड भारतीय रुपैयाँबाट सुरु गरिएको बोलको प्रक्रिया पूरा भएको छ तर खरिद गर्न कसैले बोल लगाएको छैन।
अब लिलामीका लागि नयाँ मिति तय गर्ने नगर्ने विषयमा भने कुनै निर्णय नभएको पनि बताइएको छ।
विमान कम्पनी किङफिसरमाथि ९ हजार करोड भारतीय रुपैयाँ ऋण छ। ऋण उठाउन, किङफिसर हाउसमा सन् २०१५ मा भारतीय स्टेट बैंकको नेतृत्वमा १७ वटा बैंकले कब्जा गरेका थिए।
धेरै ऋण र घाटाका कारण सन् २०१२ मा बन्द भएको किङफिसर विमान कम्पनीका संस्थापक विजय माल्या भने केही दिन अघि मात्र भारत छोडेर गएका छन्। उनीमाथि सिबीआइले मनी लन्ड्रिङको मुद्दा दायर गरेको छ।
लिलामीमा राखिएको विजय माल्याको 'किङफिसर हाउस' कसैले किनेनन्
Reviewed by marumala srinu
on
5:33 AM
Rating:

No comments: