Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त

काठमाडौं: राहत लिएर गएको फिस्टेल एयरको हेलिकोप्टर रसुवाको लाङटाङमा दुर्घटनाग्रस्त भएको छ । 

भूकम्पबाट भत्किएको घर निर्माणका लागि  रड झारेर धुन्चे फर्कने क्रममा फिस्टेल एयरको थ्री बी हेलिकोप्टर हेलिकोप्टर दुर्घटनामा परेको हो । 

लाङटाङमा घर निर्माणका लागि लगिएको रड झारेर धुन्चेतर्फ फर्कने क्रममा पंखा खुस्किएपछि हेलिकोप्टर भुइँमा बजारिएको थियो । 

हेलिकोप्टर भुइँमा बजारिएपछि त्यहाँ भित्र रहेका पाइलोट निकोलशलाई स्थानीयबासीले शिशा फुटाएर उद्धार गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार उनी सामान्य घाइते भएका छन् । 
रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले हेलिकोप्ट दुर्घटना भएको पुष्टि गर्दै चालक दलका एक सदस्य घाइते भएको जानकारी दिए । 

गत बैशाखको भूकम्पमा भत्केको घर पुनःनिर्माणका लागि यो हेलिकोप्टरले रसुवाको धुन्चेबाट रड ओसारिरहेको थियो । 
 
बिहीबारमात्रै यो हेलिकोप्टरले चार पटक रडक लाङटाङ पुर्याएको थियो । ‘चौथो खेप रड पुर्याएर फर्कने क्रममा उड्नेबित्तिकै पंखा खुस्किएर हेलिकोप्टर भुइँमा बजारिएछ’, रसुवाका प्रजिअ अधिकारीले भने, ‘दुर्घटनामा परेका पाइलोटलाई स्थानीयले उद्धार गरेपछि फिस्टेलकै अर्को हेलिकोप्टरले धुन्चे ल्याएको छ ।’


फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त Reviewed by marumala srinu on 5:27 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.