Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कोरियामा करोडौं लिएर हुन्डी दलाल फरार

south-korea-008

सोल – कोरियामा नेपाली कामदारको करोडौं रुपैयाँ लिएर एक हुन्डी दलाल फरार भएको पीडितले बताएका छन् । सोल तुङदेमुनमा बसेर कामदारको पैसा नेपाल पठाइरहेका भोजपुरका सोगेन्द्र घले करिब २ करोड ९० लाख रुपैयाँ लिएर फरार भएको उनीहरुले जानकारी दिएका छन् ।

घलेले सस्तो दरमा नेपालमा पैसा पठाइदिने भन्दै नेपाली कामदारबाट पैसा संकलन गरेका थिए । उनी केही दिनदेखि घरमा पैसा संकलन गर्न लागेका कामदारसँग सम्पर्कविहीन भएका हुन् ।

कामदारले खोजिरहेका बेला घले सोमबार बिहान भने सम्पर्कमा आएका थिए । उनले अज्ञातस्थलबाट भ्वाइसकलमार्फत फोन गरेर कामदारको पैसा २९ करोड वन करिब नेपाली २ करोड ९० लाख रुपैयाँ संकलन गरेको स्वीकार गरे तर त्यो पैसा आफूले क्यासिनोमा हारेको बताए । आजको कान्तिपुरमा खबर छ ।

कोरियामा करोडौं लिएर हुन्डी दलाल फरार Reviewed by marumala srinu on 7:02 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.