Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

आन्द्राभूडी बाहिर रहेको बच्चीको जन्म



दाङको तुलसीपुरमा आन्द्रा भूडी बाहिरै रहेको एक बच्चीको जन्म भएको छ । राप्ती अञ्चल अस्पतालम सोमबार राति साढे १२ बजे आन्द्रा भूडी बाहिरै रहेको बच्ची जन्मिएको अस्पतालले जानकारी दिएको छ।
तुलसीपुर १८ क्वाङ्गी निवासी दम्पत्ति उर्मिला चौधरी र सोगतविर चौधरीको पहिलो सन्तान जन्मदा आन्द्रा भूडी बाहिरै रहेको अवस्थामा जन्म भएको अस्पतालले जानकारी दिएको छ ।
शिशु जन्मिए लगतै उनलाई तुलसी हस्पिटललिमा लगेर आसियूमा राखि उपचार भइरहेको छ । अस्पतालका बालरोग विशषज्ञ डा. किशोर खत्रीले बच्चीको अगाडिको पेट नै नभएकोले आन्द्रा भूढी बाहिरै रहेर जन्मिएको बताए। उनले यस्तो बच्चा जन्मिनु दुर्लभ घटना भएको बताए।
उनले दुई हजार बच्चा मध्य यस्तो प्रकृतिको बच्चा जन्मिने सम्भावना आउने बताए । डा. खत्रीले  यस्तो ग्यास्ट्रो काईसिसका कारण हुने जानकारी दिए । सानै उमेरमा विहे गरेका दम्पत्तिमा यस्तो समस्या देखिने उनले जानकारी दिए । उनले भने ‘ आमाको उमेर जम्मा १८ वर्ष मात्रै छ , आन्द्रा भूडी बाहिरै निस्किएको अवस्थामा जन्मिएकी ती बच्चीको व्यान्डेज गरेर व्यागमा सुरक्षित राखि आइसियुमा राखेर उपचार गरिरहेका छौ।’
उनले यस्तो प्रकृतिको अप्रेसन गर्ने व्यवस्था जिल्लामा नरहेकोले बुटवल वा काठमान्डौंमा बच्चीलाई तत्काल लैजानुपर्ने आवश्यक्ता औंल्याए।
समयमै उपचार पाएमा बच्चीको ज्यान बचाउन कुनै समस्या नरहेको बताएका डा. खत्रीले ढिला गरे बच्चीको ज्यान खतरामा पर्न सक्ने औंल्याए।
यसैबीच डा. खत्रीले ती बच्चिको आफ्नो अस्पतालमा रहँदासम्म निःशुल्क उपचार गर्ने बताए । तुलसीपुर हस्पिटलका सञ्चालक समेत रहेका डा. खत्रीले बच्चीको उपचारमा सहयोग पुगोस भन्ने हेतुले नगद पाँच हजार आर्थिक सहयोग पनि प्रदान गरेका छन्।
डा. खत्रीले ती बच्चीका बाबु सोगतविर चौधरीलाई मंगलबार उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए। अनौंठो प्रकृतिको ती शिशुको थप उपचारका लागि जतिसक्यो छिटो बुटवल लैजान आग्रह गरेका उनले बुटवलका सम्वन्धित चिकित्सकलाई समेत बच्चीको निःशुल्क सल्यकृयागरि जीवन रक्षाको लागि पहल गरिरहेको जानकारी दिए।
यसैबीच बच्चीका बाबु तुलसीपुर १८ क्वाङ्गी निवासी २१ बर्षीय सोगतविर चौधरीले आफ्नी छोरीको जीवन रक्षाको लागि सबैमा आर्थिक सहयोगको याचना गरेका छन्।
आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेको र डा. खत्रीका अनुसार उनको अप्रेसनका लागि झन्डै एक लाख जति रकम आवश्यक पर्ने भएकोले त्यति रकम आँफूसँग नभएको हुँदा आफ्नी छोरीको जिवन रक्षाका लागि सबैलाई सक्दो सहयोग गरिदिन उनले आग्रह गरेका थिए।
आन्द्राभूडी बाहिर रहेको बच्चीको जन्म Reviewed by marumala srinu on 9:58 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.