बुद्धको मुर्तीसहित दाङमा दुई जना पक्राउ
दाङ–दाङको देउखुरीबाट बुद्धको मुर्तीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अञ्चल प्रहरी कार्यालय तुलसीपुरले रुकुम स्यालापाखा–४ का २४ वर्षीय सेरबहादुर बोहरा र जाजरकोट सक्ला–२ का २३ वर्षीय पूर्ण सुनारलाई पक्राउ गरेको हो ।
घोराहीबाट गएको प्रहरी टोलीले लमही नगरपालिका वडा नं. ११ रातोडाँडाँमा रहेको राप्ती गेष्ट हाउसको कोठा नम्बर १०६ बाट बुद्धको मूर्तीसहित पक्राउ गरेको अञ्चल प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।
मूर्तीको तौल ६ किलो ३ सय ३० ग्राम रहेको छ । उनीहरुले बुटवलबाट किनेको र भारतमा लगेर बिक्रि गर्ने योजना बनाएको प्रहरीलाई बयान दिएका छन् । उक्त मूर्तीको रंग पहेलो रहेको र कुन धातु हो भन्ने पत्ता लागेको छैन् । पक्राउ परेका व्यक्ति र मूर्तीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
बुद्धको मुर्तीसहित दाङमा दुई जना पक्राउ
Reviewed by marumala srinu
on
10:07 PM
Rating:
Reviewed by marumala srinu
on
10:07 PM
Rating:

No comments: