Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

म निर्दोष छु भन्दै अदालत पुगे सलमान ।

मुम्बई । जोधपुरमा कालो हरिण शिकार गर्नुको अतिरिक्त अवैध हतियार राखेको आरोपमा आर्म एक्ट अन्तर्गत १७ वर्षदेखि चलिरहेको मुद्दाको बयान दिन अभिनेता सलमान खान अदालतमा प्रस्तुत भए ।

अदालतमा उनले आफु निर्दोश भएको भन्दै आफुलाई कसैले फसाएको बयान दिए । बयान दिएसकेपछि आफ्नो पक्षका केही तथ्य समेत पेश गरेका थिए सलमानले । अर्को सुनुवाई ४ अपि्रलमा हुने भएको छ ।

अदालतमा उपस्थित हुँदा यसपाली पनि उनले आफ्नी बहीनी अलवीरालाई लिएर गएका थिए । अदालतमा प्रश्नोत्तरको क्रममा उनको जात सोधिएको थियो । जातको प्रसंग आएपछि एकछिन रोकिँदै उनले भने ‘म भारतीय हुँ । मेरो जात नै भारतीय हो ।’

चलचित्र ‘हम साथ साथ है’ को सुटिङको क्रममा सन १९९८ मा जोधपुर क्षेत्रमा सलमानले कालो हरिणको शिकार गरेको अभियोग लागेको छ । सोही प्रकरणमा १२ अक्टुबर सन १९९८ मा उनलाई गिरफ्तार समेत गरिएको थियो ।


म निर्दोष छु भन्दै अदालत पुगे सलमान । Reviewed by marumala srinu on 2:41 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.