Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

आफ्नो स्मार्ट फोन ह्याक हुनबाट यसरी बचाउनुहोस्

smart-phoneस्मार्टफोनको प्रयोग जतिजति बढ्दैछ उत्तिनै स्मार्टफोनमा स्टोर गरिने डाटा असुरक्षित बन्दैछन् । अर्थात् स्मार्टफोन ह्याक हुने खतरा बढिरहेको छ । वास्तवमा स्मार्टफोनको डाटा सुरक्षा चुनौतिपूर्ण बन्दै गइरहेको छ । आफ्नो स्मार्टफोनलाई सुरक्षित राख्दै ह्याकिंगबाट बचाउन के गर्ने त ?

स्मार्टफोनको सुरक्षाका लागि यसमा गुणस्तरीय एन्टी भाइरसको अवश्य पनि प्रयोग गर्नुहोस् । यसबाट तपाइँको स्मार्टफोनका हरेक कल या म्यासेज या अनय जानकारीहरुमा निगरानी राख्ने अनावश्यक फाइललाई हटाउन सकिन्छ ।


तपाइँले इन्स्टल नै नगरेको वा स्मार्टफोन खरीद गर्न इनबिल्ट एपको रुपमा रहेको एप बाहेक अन्य एपहरु तपाइँको स्मार्टफोन अकस्मात देखा पर्यो भने सचेत हुनुहोस्, किनकी त्यो खतराको लक्षण हुनसक्छ ।

उक्त एप कस्तो खालको हो भन्ने कुरा थाहा पाउनका लागि सेटिग्समा गएर एप अप्सनलाई छान्नुहोस् । त्यहाँ तपाइँको स्मार्टफोनमा इन्स्टल भएका सबै एप देखिन्छन् ।

त्यहाँ देखिने सबै एपहरु हेरिसकेपछि जुन एप तपाइँलाई काम लाग्दैन वा जबरजस्ती तपाइँको स्मार्टफोनमा इन्स्टल भएको छ त्यसलाई अनइन्स्टल गरिदिनुहोस् ।

तपाइँले एप तथा स्मार्टफोनमा इन्टरनेट चलाउने बेला विज्ञापनमा क्लिक गर्नुहुन्छ भने त्यसबेला भाइरस संक्रमणको खतरा बढि हुन्छ । त्यसैले विज्ञापनका लिंक क्लिक नगर्नुहोस् । त्यस्ता विज्ञापनहरु मध्ये धेरै असली विज्ञापन नभएर भाइरस वा मालवेयर हुने गरेका छन् र गुगलले त्यस्ता मालवेयर विरुद्ध कडा कदम चाल्ने गरेको छ ।

आफ्नो स्मार्टफोनको सफ्टवेयरलाई सधै अपडेट गरेर राख्नुहोस् । एन्ड्रोइड वा तपाइँले प्रयोग गर्ने फोन बनाउने कम्पनीले सधै आफ्नो सफ्टवेयर अपडेट गरिरहेको हुन्छ ।

कहिलेकाहीँ त्यस्ता अपडेट सुरक्षा सँग पनि जोडिएका हुन्छन् । त्यस्ता अपडेट तपाइँले गर्नुभयो भने तपाइँको स्मार्टफोन बढि सुरक्षित हुन्छ र ह्याकिंगबाट बचाउन सकिन्छ ।


आफ्नो स्मार्ट फोन ह्याक हुनबाट यसरी बचाउनुहोस् Reviewed by marumala srinu on 2:32 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.