Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अपांग व्यक्तिलाई दया गर्न खोज्दा भाग्यले बनायो मजदुरबाट रातारात करोडपति ।

काठमाडौँ, २८ फागुन - भारतका एकजना मजदुर रातारात करोडपति बनेका छन्। पश्चिम बंगालका २२ वर्षिय मोफिजुल रहिमा शेख चिट्ठा जितेर करोडपति बनेका हुन्।

कामको लागि भौंतारिइरहेका उनी केरला पुगेका थिए। केरलाको कोझीकोड सहरमा मजदुरी थालेका उनले पहिलो दिन ५० रुपैयाँ कमाए। त्यही रकमले एउटा चिठ्ठा किने। यो चिठ्ठाले उनको भाग्य चम्काइदियो।

उनले खरिद गरको चिठ्ठाको नम्बरमा एक करोड रुपैयाँ परेको थियो। आफूलाई एक करोड रुपैयाँको चिट्ठा परेको थाहा पाएपछि उनी सुरक्षा खोज्दै स्थानीय प्रहरी कार्यालयमा पुगे। प्रहरीका अनुसार एकजना अपांगता भएका व्यक्तिले चिट्ठा बेचिरहेको देखेपछि दया लागेर शेखले ५० रुपैयाँको चिट्ठा किनेका थिए।

तीन दिनपछि उनले आफूले किनेको चिट्ठामा एक करोड रुपैयाँ परेको थाहा पाए। त्यसपछि उनी दुई दिनसम्म प्रहरी सुरक्षामै बसे। अहिले उनी आफ्नो घर फर्किएका छन्। चिट्ठामा परेको रकमले आफ्नो लागि एउटा राम्रो घर किन्ने उनको योजना छ। एजेन्सीको सहयोगमा 
अपांग व्यक्तिलाई दया गर्न खोज्दा भाग्यले बनायो मजदुरबाट रातारात करोडपति । Reviewed by marumala srinu on 2:52 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.