साम्राज्ञी बक्स अफिसकी ‘रानी’, ‘ए मेरो हजुर २’को आक्रामक कमाइ
पहिलो चलचित्र ‘ड्रिम्स’ रिलिजसँगै नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक चर्चामा रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मनमा डर र उत्साह दुबै थियो । उनी अभिनित दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ले बक्स अफिसमा गर्ने कमाइले उनको करिअरको नयाँ गोरेटो कोर्ने पक्का थियो । पहिलो चलचित्रमा नायक अनमोल केसीले अधिकांश क्रेडिट लिदा साम्राज्ञीको अभिनयको तारिफ भएको थियो ।
यसैले पनि शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘ए मेरो हजुर २’को बक्स अफिस व्यापार उनका लागि विशेष थियो । चलचित्रको ३ दिने व्यापारसँगै साम्राज्ञीको क्रेज पनि चुलिएको छ । नायिका झरना थापा निर्देशित डेब्यू चलचित्रले ३ दिनमै ३ करोड माथिको ग्रस कलेक्शन गरेको छ । ३ दिनमै निर्माता सुनिलकुमार थापाले आफ्नो लगानी सुरक्षित गरिसकेका छन् ।
यसैले पनि शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘ए मेरो हजुर २’को बक्स अफिस व्यापार उनका लागि विशेष थियो । चलचित्रको ३ दिने व्यापारसँगै साम्राज्ञीको क्रेज पनि चुलिएको छ । नायिका झरना थापा निर्देशित डेब्यू चलचित्रले ३ दिनमै ३ करोड माथिको ग्रस कलेक्शन गरेको छ । ३ दिनमै निर्माता सुनिलकुमार थापाले आफ्नो लगानी सुरक्षित गरिसकेका छन् ।
साम्राज्ञीको मात्र होइन, चलचित्रको व्यापारले नव-नायक सलिमान बनियाँलाइ पनि उदयमान स्टारको दर्जा दिएको छ । काठमाण्डौका वितरक गोविन्द शाही र काठमाण्डौ बाहिरका वितरक केदार पराजुलीका अनुसार चलचित्रले शनिबार नेपाली चलचित्रको इतिहासमै नयाँ रेकर्ड कायम गरेको छ । वितरकले दिएको आँकडा अनुसार चलचित्रले काठमाण्डौमा शुक्रबार ४३ लाख ३८ हजार, शनिबार ८७ लाख ७५ हजार र आइतबार ५३ लाख १५ हजारको कारोबार गरेको छ । यस्तै, काठमाण्डौ बाहिर चलचित्रले शुक्रबार ३३ लाख २१ हजार, शनिबार ७२ लाख ५५ हजार र आइतबार ५१ लाख २५ हजारको कारोबार गरेको छ । शनिबार चलचित्रले पोखरा र चितवनमा नयाँ व्यापारिक रेकर्ड समेत राखेको छ ।
शनिबार पोखरामा १७ लाख र चितवनमा १२ लाखको व्यापार गर्न सफल चलचित्र ‘ए मेरो हजुर २’ले मंगलबारको इन्द्रजात्राको बिदा र बिहिबारको निजामती कर्मचारी दिवसको विदालाइ पनि पूर्ण रुपमा सदुपयोग गर्ने देखिएको छ ।
योसँगै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बक्स अफिसमा ‘क्विन’ भन्ने दौडमा देखिएकी छिन् । लगातार उनी अभिनित दोश्रो चलचित्रले बक्स अफिसमा बम्पर कारोवार गरेपछि साम्राज्ञीको डिमाण्ड चुलिने पक्का छ । नव-नायक सलिनमान बनियाँको क्रेज पनि आकाशिएको छ । सलिनलाइ लिएर चलचित्र निर्माण गर्न धेरै निर्माता लालयित देखिएका छन् । तर, सलिनले दोश्रो चलचित्रमा काम गर्ने वा नगर्ने भन्ने तय गरिसकेका छैनन् ।
चलचित्रको कथावस्तु, गीतसंगीत र कमेडी पाटोलाइ सर्वाधिक रुचाइएको छ । नायक सलोन बस्नेतको भूमिकालाइ दर्शकले सबैभन्दा धेरै प्रशंसा गरेका छन् । योसँगै डेब्यू निर्देशक झरना थापा सफल निर्देशकको रुपमा चिनिएकी छिन् । हिन्दी चलचित्र ‘बादशाहो’लाइ समेत किनारा लगाउँदै ‘ए मेरो हजुर २’ले बक्स अफिसमा बम्पर कारोवार गरेपछि अब नेपाली चलचित्रले हिन्दी चलचित्रलाइ विस्थापित गर्न थालेका छन् ।सामग्री साभार स्रोत अनलाइनखबर,
साम्राज्ञी बक्स अफिसकी ‘रानी’, ‘ए मेरो हजुर २’को आक्रामक कमाइ
Reviewed by Sundarijal Kaliyug
on
9:44 PM
Rating:
Reviewed by Sundarijal Kaliyug
on
9:44 PM
Rating:

No comments: