प्रचण्डले भने - कांग्रेसले साथ दियो, अब एमाओवादी नेतृत्वमा सरकार
बैशाख २२
काठमाडौं : एकीकृत नेकपा माओवादीले नेपाली कांग्रेसले साथ दिएको भन्दै अब आफ्नो नेतृत्वमा सरकार गठन गर्ने बताएको छ।
बुधबार विज्ञप्ती जारी गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न नसकिरहेको अवस्थामा कांग्रेले एमाओवादी नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव गरेकाले अब आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताएका हुन्।
उनले अहिलेको सरकारको नेतृत्वकर्ता नेकपा एमाले, राप्रपा नेपाल मधेसी जनाधिकार फोरम लोकतान्त्रिक लगायतलाई आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनमा सघाउन आग्रह गरेका छन्।
प्रचण्डले राष्ट्रिय स्वाधिनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान कार्यान्वयन र पुनर्निर्माणलाई केन्द्रमा राखेर एमाले नेतृत्वमा सरकार गठन गरेपनि सरकारले परिणाममुखी काम गर्न नसकेको बताएका छन्।
'प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी उपरोक्त कार्यभार पुरा गर्न प्रस्ताव सहित सहमति जनाएको स्थितिमा हाम्रो पार्टी, नेकपा एमाले तथा राप्रपा नेपाल, जनअधिकार फोरम लोकतान्त्रिक लगायतका सबै पार्टीलाई हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पुरा गर्ने प्रक्रियामा अघि बढ्न अपील गर्दछु' प्रचण्डले भनेका छन्।
मंगलबार बिहान एमाओवादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको पार्टी स्थायी समितिको बैठकले अब आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो।
- पहिलोपोस्टबाट
प्रचण्डले भने - कांग्रेसले साथ दियो, अब एमाओवादी नेतृत्वमा सरकार
Reviewed by marumala srinu
on
10:55 PM
Rating:
Reviewed by marumala srinu
on
10:55 PM
Rating:

No comments: