Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

नेपालीहरुको प्रतिव्यक्ति आय बृद्धि

नेपालीहरुको वार्षिक आम्दानी औसतमा ३ हजार ८ सय रुपैयाँले बढेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तथ्यांक र राष्ट्र बैँकको पुष्टि अनुसार नेपालीको प्रतिव्यक्ति आय वार्षिक ८० हजार ९  सय २१ रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म यस्तो आम्दानी ७७ हजार ७९ रुपैयाँ थियो ।

विभागका अनुसार यस वर्ष जम्मा ३ हजार ८ सय अर्थात अघिल्लो वर्षको तुलनामा ४दशमलव ९८ प्रतिशत मात्रै प्रतिव्यक्ति आय बढेको हो । यो आर्थिक वर्ष २०५८र०५९ पछि कै सबैभन्दा कम हो । अमेरिकी डलरमा प्रतिव्यक्ति आय ७ सय ६६ मा झरेको छ । गत वर्ष यस्तो आम्दानी सात यस ७५ डलर थियो । डलरको भाउ बढेको कारण नेपाली मुद्रा सस्तो हुँदा आम्दानी बढेको देखिएको हो ।

प्रतिव्यक्ति आम्दानीको बृद्धिदर भन्दा मूल्य करिब दुई गुणाले बढेको राष्ट्र बैँकको प्रतिवेदनमा उललेख गरिएको छ । गत फागुन मसान्तसम्मको मूल्य बृद्धिदर दोहोरो अंक अर्थात १० प्रतिशत भन्दा बढी छ । आर्थिक वर्ष २०७१र७२ मा ६ दशमलव ४४ प्रतिशतले, आर्थिक वर्ष २०७०र७१मा प्रतिव्यक्ति आय १५ दशमलव ३७ प्रतिशतले बढेको थियो ।

मुलुकको आर्थिक बृद्धिदर ० दशमलव ७७ प्रतिशतले बढ्ने अनुमान तथ्यांक विभागले गरेको छ । यो आर्थिक वृद्धिदर १३ वर्षपछिको सबैभन्दा कम हो ।

नेपालीहरुको प्रतिव्यक्ति आय बृद्धि Reviewed by marumala srinu on 8:51 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.