कपाल झरेर तालु भएकाहरुको लागी खुशीको खबर !
बनेपा, : तालुपना तथा कपाल खुइलिने समस्यालाई ध्यानमा राखेर धुलिखेल अस्पतालले विगत छ महिनाको अवधिमा करिब ६० जनामा कपाल प्रत्यारोपण गरेको छाला तथा चर्मरोग विशेषज्ञ डा धर्मेन्द्र कर्णले जानकारी दिनुभयो ।
तीन हजार रौँ प्रत्यारोपण गर्नुछ भने तीन दिन लाग्ने नत्र एक दिनमै भ्याउन सकिने उहाँको भनाइ छ । त्यसका लागि कम्तीमा रु ५०० देखि तीन हजार ५०० सम्म खर्च हुन्छ ।
कपाल बढी भएको ठाउँबाट एक–एक गरी निकालेर नभएको ठाउँमा रोपिने (एफयुटी) विधि र टाउको पछाडिको कपाल छालैसमेत काटेर निकाली नभएको ठाउँमा रोपिने (एफयुई) विधिमार्फत कपाल प्रत्यारोपण गरिन्छ ।
डा कर्णले कपालको प्रत्यारोपण छाला रोग विशेषज्ञले मात्रै गर्नुपर्ने र प्रत्यारोपणबाट झन्डै चार महिनाको अवधिमा सन्तोषजनक परिणाम आउने बताउनुभयो ।
उहाँका अनुसार रौँमात्रै निकालेर गरिने कपाल प्रत्यारोपण प्रविधिबाट कुनै खराव असर हुँदैन र प्रत्यारोपणपछि औषधि खानुपर्ने झन्झट पनि रहँदैन ।
कपाल झरेर तालु भएकाहरुको लागी खुशीको खबर !
Reviewed by marumala srinu
on
2:14 PM
Rating:
Reviewed by marumala srinu
on
2:14 PM
Rating:

No comments: