Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

केरा खानुहुन्छ ? केराबारे यी २० रोचक तथ्यहरु जानीराख्नुहोस्

हामी प्रायः केरा खाइरहेका हुन्छौं । तर केराबारे यी २० रोचक यथार्थ जानेपछि यो तपाईलाई झन् स्वादिलो लाग्न सक्छ ।
आउनुहोस् केराबारे २० तथ्यहरु जानी राखौं :
-केरामा ट्राइप्टोफान पाइन्छ जुन मानिसले खाएपछि सेरोटोनिनमा रुपान्तरिक हुन्छ । यसले शरीरमा सेरोटोनिनको मात्रा बढाउँछ जसले प्रभावकारी र प्राकृतिक ढंगबाट डिप्रेसनका असरहरु घटाउन महत्वपूर्ण भूमिका खेल्दछ ।
-केरामा प्रशस्त मात्रामा शक्तिबर्द्धक तत्वहरु हुन्छ । कुनै काम गर्नुभन्दा अगाडि दुईवटा केरा खानाले शरीरमा नयाँ ढंगले शक्तिको प्रवाह हुन्छ ।
-केरामा पाइने पोटासियमले मांशापेशी बाउँडिने र पीडा हुने समस्यालाई न्यूनीकरण गर्दछ ।
-दूधसँग केरा खानुहोस् । यसबाट प्रशस्त क्याल्सियम पाइन्छ । महिलाको लागि केराको सेवन विशेष उपयोगी छ । किनकी यसले महिनावारीसम्बन्धी दुःखाईको फैलावट घटाउँछ ।
-केरामा अधिक मात्रामा भिटामिन बि पाइन्छ, जसले सेतो रक्त कोषिकाको वृद्धिमा सहयोग गर्दछ । यसबाट शरीरमा विभिन्न मधुमेहजस्तै धेरै रोगहरुबाट बचाउँछ ।
-तपाई रक्तअल्पताबाट पीडित हुनुहुन्छ भने केरा तपाईको साथी बन्न सक्छ । किनकी केरामा फलाम तत्व पाइन्छ ।
-उच्च रक्तचापको समस्या झेलिरहेकाहरुलागि पनि केरा साथी बन्न सक्छ, किनकी यसले उच्च रक्तचाप घटाउन सहयोग गर्दछ ।
-केरामा पेक्टिन नामक तत्व पाइन्छ जसले हामीलाई पाचनमा सहयोग गर्दछ । मुटु पोल्ने गर्छ ? केरा खानुहोस् । यसमा एन्टासिड औषधीको गुण हुन्छ ।
-केरा एक मात्र त्यस्तो खानेकुरा हो जसले पेटमा हुने अल्सरसँग लड्न सक्छ ।
-स्वास्थ्य विज्ञानमा मृगौलासम्बन्धी रोग र हाड टुक्रिने समस्याका लागि केराको सेवनले प्राकृतिक सुरक्षा प्रदान गर्ने मान्यता राखिन्छ ।
-केराको सेवनले कामप्रति दत्तचित्त र सचेत हुन सहयोग पुग्दछ । तपाई जुनसुनै कार्यक्षेत्रमा हुनुहोस्, एउटा केराको सेवनले तपाईलाई कामप्रति कन्सन्ट्रेट गराउँछ । ब्लूबेरीहरु (एकप्रकारको ऐंसेलु) मा जस्तै केरामा पनि अधिक मात्रामा एन्टीअक्सिड्यान्ट पाइन्छ ।
-खाना खाने बेला केरा खानाले रगतमा चिनीको मात्रालाई सामान्यीकरण गर्न मद्दत गर्दछ ।
-किराले टोकेको ठाउँमा चिलाइरहेको छ ? केराको बोक्राको भित्री भाग टोकेको ठाउँमा दल्नुहोस्, यसले तत्काल चिलाउने समस्याबाट मुक्त हुनुहुन्छ ।
-ज्वरो आएको बेलामा शरीरको तापक्रममा तिव्र उतारचढाव आउँछ, त्यस्तो बेला केरा सेवन गर्दा शरीरको तापक्रमलाई सामान्य अवस्थामा राख्न सहयोग पुग्दछ ।
-सिजनल अफेक्टिभ डिस्अर्डरको (मौसमी विकार)को समस्या छ ? यसको अचूक समाधान केरामा छ । किनकी यसमा ट्राइप्टोफ्यानको उच्च मात्रा पाइन्छ ।
-धुम्रपान छोड्न सक्नुभएन ? केरामा पाइने भिटामिनहरु, पोसासियम र म्याग्नेसियमले गर्दा केरा खाएर धुम्रपानबाट ध्यान हटाउन सक्नुहुन्छ ।
-शरीरमा आउने मूसालाई केराको बोक्राको भित्री भागले रगड्डा यसलाई छिट्टै हटाउन सकिन्छ । जुत्ताको छाला फोहोर भयो, केराको बोक्राको भित्री भागले रगड्डा छालाको चमक फर्कन्छ ।


केरा खानुहुन्छ ? केराबारे यी २० रोचक तथ्यहरु जानीराख्नुहोस् Reviewed by marumala srinu on 2:10 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.