डोल्पामा यार्सागुम्बा सङ्कलन सुरु
हिउँ पग्लिने समय सुरु भएपछि डोल्पा जिल्लाको हिमाली भेगमा यार्सागुम्बा सङ्कलन कार्य सुरु भएको छ ।
वैशाख पहिलो साताबाट नै यहाँका बासिन्दा यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ उक्लने गरेका छन् । सङ्कलनका लागि अन्य जिल्लाबाट समेत सर्वसाधारण डोल्पा आउन थालेका छन् । तर गत वर्ष जस्तो सङ्कलकको हिमाली भेगमा उपस्थिति देखिएको छैन ।
गत वर्ष सङ्कलन गरिएको यार्सागुम्बा बिक्री नभएका कारण यस वर्ष सर्वसधारण खासै उत्साहित छैनन् । अघिल्ला वर्षहरूमा खचाखच भरिने हिमाली फाँट यस वर्ष सुनसान रहेका सङ्कलक रुपबहादुर खत्रीले बताउनुभयो । “गत वर्ष सङ्कलन गरेको यार्सागुम्बा बिक्री नभएकाले अहिले पनि बिक्री हँुदैन कि भन्ने चिन्ता छ” उहाँले भन्नुभयो ।
डोल्पामा यार्सागुम्बा सङ्कलन सुरु
Reviewed by marumala srinu
on
8:57 AM
Rating:
Reviewed by marumala srinu
on
8:57 AM
Rating:

No comments: