७ वर्षे छोरालाई झुण्ड्यार हत्या गरेपछि एक दम्पत्तिले गरे आत्महत्या,
एजेन्सी । आँफैले जन्म दिएको छोरालाई झुण्ड्याएर मारेको कल्पना कुन बाबु आमाले गर्न सक्छन् ? कल्पनानै गर्न नसकिने निन्दनिय र दर्दनाक हर्कत गरेका छन् भारतका एक दम्पतीले । प्र्रसंग हो भारत मध्य प्रदेशको मुरैना जिल्लाको । उनीहरुले आत्महत्या गर्नुको कारण पारिवारिक संपत्ति मुख्य भएको प्रहरीको प्रारम्भिर अनुसन्धानले देखाउँछ ।
अनुसन्धानमा खटेका एक अधिकारी किशोर सिंहका अनुसार धर्मगढ़ निवासी पूरन सिंह कुशवाहा २७ वर्षेले आफ्नो पैतृक संपत्तिलाई लिएर आफ्ना बुबा महेंद्र सिंहसँग बिबाद गर्दै आएका थिए । मृतक पूरनले आफ्नो भागको सम्पत्ति बेचेर बाहिर नै केही काम गर्न चाहान्थे ।
तर उनका बुबाले उक्त अंश दिन तयार नभएपछि उनी झोक्किँदै बाहिर निस्के र ७ वर्षे छोरालाई रुखमा डोरीले बँधेर मारे । त्यसपछि २५ वर्षे श्रीमती सीमा र पूरनले पनि झुण्डीएर नै आत्महत्या गरे । हाल यस विषयमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।
७ वर्षे छोरालाई झुण्ड्यार हत्या गरेपछि एक दम्पत्तिले गरे आत्महत्या,
Reviewed by marumala srinu
on
9:02 AM
Rating:
Reviewed by marumala srinu
on
9:02 AM
Rating:

No comments: