Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

दाङमा कुटपिटबाट एक बृद्धको मृत्यु

कुटपिटबाट दाङमा एक बृद्धको मृत्यु भएको छ। युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका लक्ष्मीपुर–२ का ६७ वर्षीय ईश्वरी दमाईको उपचारका क्रममा शुक्रवार विहान मृत्यु भएको हो।
 
गएराति दमाईका छोरासंगै तास खेल्ने युवाहरुको समूहले  बाबुलाई कुटपिट गरी गम्भीर घाइते बनाएको र उनको उपचारका क्रममा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता कृष्ण शमाले जानकारी दिए।
 
तास खेल्ने क्रममा लेनदेनको विषयलाई लिएर विवाद भएपछि तीन जना युवाहरुले घरमा सुतिरहेका उनका बाबुलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए। दमाईका छोरा विहानीपख घर आएको र छोरालाई कुट्न आएका युवाहरुलाई सम्झाउन खोज्दा बृद्ध ईश्वरी दमाईमाथि आक्रमण भएको प्रहरीले बताएको छ।
 
कुटपिटमा संलग्न तीनजना युवालाई पक्राउ गरी घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। 
 

दाङमा कुटपिटबाट एक बृद्धको मृत्यु Reviewed by marumala srinu on 8:07 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.