Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सिन्डिकेट लाद्न गोरखामा यातायात बन्द

गोरखा: सिन्डिकेट निरन्तरताको माग गर्दै यातायात ब्यबसायी समिति गोरखा र पृथ्वीराजमार्ग बस सञ्चालक समितिले अनिश्चितकालीन यातायात बन्द गरेका छन् । 
 
दुबै समितिले संयुक्त बिज्ञप्ती जारी गर्दै यातायात बन्द गएका हुन् । साथै नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल समाजवादी यातायात मजदुर संघले पनि संयुक्त विज्ञप्ति जारी गरी बन्दको लागि ऐक्यवद्धता प्रकट गरेका छन् ।
 
गोरखामा प्रतिस्पर्धामा आउन लागेको आरुघाट यातायात प्रालिलाई निषेध गर्न उनीहरु सबै एकजुट भएका हुन् । 
 
यसअघि गोरखाका सबै ग्रामीण रुटमा गोरखा यातायातले एक्लौटी यातायात सञ्चालन गरेको थियो । गोरखा पोखरा रुटमा पृथ्वीराजमार्ग समितिले एक्लौटी गर्दै आएको थियो । 
 
दुबै समितिले आफ्ना यातायातका साधन ग्यारेजमा थन्क्याएर राखेपछि बिहिबार दिनभर गोरखाबाट बिभिन्न सहरसम्म जाने र ग्रामीण सडक ठप्प रह्यो । गाडी नचल्दा मातातिर्थ औंशीमा आमाको मुख हेर्न जानेहरु बढि प्रभावित बनेका छन् । 
 
आरुघाट यातायातको गाडी छेकथुन गर्न जानेहरुलाई प्रहरीले पक्राउ गरी सार्बजानिक मुद्दा चलाएपछि दुवै ब्यबसायी आक्रोशित बनेका हुन् । 
 
सार्बजानिक सवारी साधन छेकथुन गरेको अभियोगमा प्रहरीले २८ जना विरुद्ध सार्बजानिक मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ । 
 
गोरखा यातायातका सचिव प्रेमकुमार पुडासैनी र पृथ्वीराजमार्ग बस संचालक समितिका सदस्य प्रेम बोगटीद्वारा जारी गरिएको संयुक्त बिज्ञप्तिमा सार्वजानिक मुद्दा बिनाशर्त निस्कृय बनाई उनीहरुको रिहाइको माग गरिएको छ । 
 
यातायात खुलाउने बिषयमा बिहीबार सम्पन्न ब्यबसायी र स्थानीय प्रशासनबीचको बैठक बिनानिश्कर्ष टुंगिएको छ । यातायात सुचारु गरेपछि मात्र बैठक अघि बढाउने स्थानीय प्रशासनको दबाब र रिहा गरेपछि मात्र यातायात चलाउने ब्यबसायीहरुको अडानका कारण निश्कर्षमा पुग्न नसकिएको प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए ।
 
गोरखामा सिण्डिकेटका पक्षधर र एकाधिकार तोड्नुपर्छ भन्नेहरुबीचको झगडाले १५ दिनदेखि ग्रमीण रुटमा सवारी साधन सुचारु हुन सकेको छैन । बेलाबेला झडप र तोडफोड भइरहेको छ ।
सिन्डिकेट लाद्न गोरखामा यातायात बन्द Reviewed by marumala srinu on 2:15 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.