पिसाबको रङ हेरेर कसरि स्वास्थ्य अवस्था थाहा पाउने ?
काठमाडौँ । हामीमध्ये धेरै पिसाब गर्दा आफ्नो पिसाबको रङ्गमा
ध्यान दिदैनौ । तर बिज्ञहरु भने पिसाबको रङ्ग स्वास्थ्यको एकदमै
भरपर्दो सूचक भएकाले सो को जानकारी राख्न सल्लाह दिन्छन्
। उनीहरुका अनुसार पिसाबले हाम्रो स्वास्थ्यका विषयमा धेरै
कुरा बताइदिन्छ । पिसाबको रङलाई खाएको खानेकुरा, पिएको चिज वा औषधि
लगायतले समेत प्रभाब पार्नसक्छ ।
बेलायतमा भएको स्वास्थ्य सम्बन्धि कार्यक्रममा बिज्ञहरुले विभिन्न
रङका पिसाबका नमुनाहरु राखिएका टेष्टट्युब देखाएका थिए जहाँ सफा
पानीजस्तो पिसाबसँगै पहेँलो, रातो तथा निलो रङको पिसाबको नमूना
थियो । त्यसपछि उनीहरुले कस्तो रङ्ग पिसाबले के दर्शाउछ
भनेर बताए ।
रंगहीन पारदर्शी पिसाब हुनुको अर्थ पर्याप्त पानि
पिएको बुझिन्छ ।
परालजस्तै हल्का पहेँलो पिसाब हुनुको अर्थ व्यक्तिले जिउलाई
चाहिनेजति पानी पिएको छ र स्वास्थ्य सामान्य छ । पिसाबको यो
रङले मानिस स्वस्थ भएको बुझाउँछ ।
पारदर्शी पहेँलो रङको पिसाब हुनु पनि स्वास्थ्य सामान्य
अवस्थामा रहेको सूचक हो ।
गाढा पहेँलो पिसाब हुनु भनेको तत्कालका लागि स्वास्थ्य ठीक
भएपनि पानिको मात्र बढाउनु पर्छ भन्ने सन्देश हो ।
मह वा बेसार जस्तै पहेँलो हुनु भनेको व्यक्तिले पर्याप्त
पानी नपिउने गरेको संकेत हो । यस्तो पिसाब आएमा तत्कालै
पानी पिउने बानि गर्नु पर्छ ।
खैरो खालको अलिक बाक्लो पिसाब हुनु भनेको कलेजोको रोगको संकेत
हुनसक्छ । साथै जिउमा निकै उच्च मात्रामा जलवियोजन हुँदा पनि पिसाबको
अवस्था यस्तो हुनसक्छ । यदि यस्तो रङको पिसाब आएमा पर्याप्त
पानी पिउनुका साथै चिकित्सककोमा जँचाउन गैहाल्नुपर्छ ।
रातो अर्थात गुलाबी रङको पिसाब हुनुको अर्थ तपाइँले
ब्लुबेरी वा रातो मुला खाने गर्नुभएको छ । यदि होइन भने पिसाबमा
रगत मिसिएर पनि यस्तो हुनसक्छ । साथै यस्तो रङको पिसाब आउनु मृगौला
रोगको लक्षण हुनसक्छ । मृत्रप्रणालीमा क्यान्सर हुनु,
मुत्रनलीमा संक्रमण हुनु तथा प्रोस्टेट ग्रन्थीको
समस्याले समेत यस्तो हुनसक्छ । सिसा तथा पारोको विषाक्तताले पनि
पिसाबको रङ रातो वा गुलाबी बन्न सक्छ । त्यसैले यस्तो पिसाब
आएमा तुरुन्तै चिकित्सककोमा सल्लाह लिनुपर्छ ।
सुन्तला रङको पिसाब आउनुको अर्थ कम पानी पिउनु मात्र
होइन पित्तथैली वा कलेजोको रोगको लक्षण पनि हुनसक्छ ।
पिसाबको रङ निलो वा हरियो देखिनु भनेको निके दुर्लभ घटना हो ।
खासगरी वंशाणुगत रोगका कारण पिसाबको रङ निलो वा हरियो
हुनसक्छ । त्यस्तै कतिपय ब्याक्टेरियाले मुत्रनलीमा
संक्रमण गर्दा समेत यस्तो हुनसक्छ । कतिपय औषधिको सेवनले समेत
पिसाबको रङ यस्तो अस्वभाविक हुनसक्छ । पिसाबको रङ निलो भैहाल्यो
भनेर धेरै आत्तिनु पर्दैन तथापि तत्कालै चिकित्सककोमा भने
देखाइहाल्नुपर्छ ।
पिसाबमा फिँज देखिनुको अर्थ के होला रु कहिलेकाहीँ यस्तो
हुनु सामान्य प्रक्रिया हो । तर प्रायः पिसाबमा फिँज देखिन्छ वा बाक्लो
हुन्छ भने त्यो मृगौला रोगको लक्षण हुनसक्छ । साथै भोजनमा प्रोटिनको
मात्रा आवश्यकता भन्दा बढि हुँदा पनि यस्तो हुनसक्छ । त्यसैले
चिकित्सककोमा परामर्श लिइहाल्नुपर्छ ।
पिसाबको रङ हेरेर कसरि स्वास्थ्य अवस्था थाहा पाउने ?
Reviewed by marumala srinu
on
8:14 AM
Rating:

No comments: