लुम्बिनी अञ्चल अस्पतालको शुल्क बृद्धी, सेवा उस्तै
रुपन्देही – लुम्बिनी अञ्चल अस्पताल बुटवलले सेवा शुल्कमा बृद्धि गरेपनि सेवा गूणस्तरिय र सर्वसुलभ हुन नसकेको गुनासो बिरामीहरुले गरेका छन् । अस्पतालको आम्दानी बृद्धि गर्न शुल्क बृद्धी गर्नु परेको अस्पताल बिकास समितिले जनाएको छ ।
विकास समितिले बैशाख १ गतेदेखी शुल्क बृद्धी गरेको हो । समितिले एकैपटक सय प्रतिशतसम्म शुल्क बृद्धी गरेको छ ।
अस्पतालले सबै भन्दा बढि दन्त सेवामा शुल्क बृद्धि गरिएको छ । यसैगरी मेजर शल्यक्रियाको शुल्क ३ हजारबाट बृद्धी गरी ५ हजार पु¥याएको छ । २०७२ चैत्र ७ गते बसेको अस्पताल बिकाश समितिको बैठकले शुल्क बृद्धि गर्ने निर्णय गरेको हो ।
आम नागरिकले गूणस्तरिय स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा एकाएक शुल्क बृद्धी गर्दा बिरामीहरु मारमा परेको राष्ट्रिय जनमोर्चाका नेता विमल पोखरेल बताउछन् । उनी भन्छन्, ‘स्वास्थ्य सेवा दिनु राज्यको दायीत्व हो । आम्दानीका लागि शुल्क बृद्धी गरिनु तर्कसंगत हुदैन ।’
आय र व्ययमा हेर्दा अस्पताल नाफामै रहेको देखिन्छ । आर्थिक बर्ष २०७२–०७३ को अर्ध वार्षीक समिक्षामा अस्पतालमा ६ करोड १३ लाखको आम्दानी भएकोमा ४ करोड ८९ लाख मात्र खर्च भएको देखिन्छ ।
लुम्बिनी अञ्चल अस्पतालको शुल्क बृद्धी, सेवा उस्तै
Reviewed by marumala srinu
on
2:56 AM
Rating:

No comments: