मस्कुलर डिस्ट्रोफी फाउण्डेशन नेपालको स्वास्थ्य शिविर सम्पन्न
पोखरा – मस्कुलर डिस्ट्रोफी फाउण्डेशन नेपालको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरमा पोखरा आसपासका ३२ जना विरामीको उपचार भएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा सम्पन्न उक्त शिविरमा प्रा.डा. जगदिश प्रसाद अग्रवाल तथा प्रा.डा. रोहित पोखरेल सहितको प्राविधिक टोली संलग्न रहेको थियो ।
पाँचौ मस्कुलर डिस्ट्रोफी अन्तराष्ट्रिय सेमिनार अन्तर्गतको निशुल्क स्वास्थ्य शिविरमा एक्सरे, ईसिजी, फिजियो थेरापी सेवा निशुल्क उपलब्ध गराईएको थियो । फाउण्डेशनको २ दिने कार्यक्रमको पहिलो दिन अर्थात शनिबार स्वास्थ्य शिविर सञ्चालन भएको हो भने दोश्रो दिन अर्थात आइतबार विहान प्रभातफेरी र दिउसो सेमिनार हुने जनाईएको छ । हरेक ४ वर्षमा १ पटक हुने सेमिनार पोखरामा पहिलो पटक हुन लागेको हो ।
शिविरमा विरामीको उपचार गर्नेमात्र नभै स्थानिय चिकित्सकलाई रोगको बारेमा सकरात्मक सोचको विकास गराउनु, विरामी र अभिभावकलाई सचेतना फैलाउने, समाजसेवीलाई सेवा गर्ने वातावरण सृजना गराउने उद्देश्यका साथ निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको संस्थाका अध्यक्ष प्रा.डा. जगदिश प्रसाद अग्रवालले बताए । वंशाणुगत कारणले हुने यो रोगका विभिन्न रुपहरु भएपनि हालसम्म जम्मा एका प्रकारको रोगको उपचार विकास भएको प्रा.अग्रवालको कथन छ । विरामीको पूर्ण उपचार सम्भव नभएपनि विरामिको जीवन सहज बनाउने कुरा महत्वपूर्ण हुने भन्दै अग्रवालले रोगवाट उत्पन्न हुने जटिलतावाट विरामिको मृत्यू हुने बताए ।
फाउण्डेशनले वर्षको दुई पटक निशुल्क स्वास्थ्य शिविर गर्दै आएको संस्थाका महासचिव अनिल कुमार उपाध्याले बताए । फाउण्डेशनले काठमाण्डौमा निर्माण गर्न लागेको अन्तराष्ट्रिय स्तरको अत्याधुनिक सुविधासहितको पूर्नस्थापना केन्द्र निर्माण पछि धेरै विरामीले सजिलै सेवा पाउने बताए ।
नेपालमा अहिलेसम्म मस्कुलर डिस्ट्रोफीका विरामीको यकिन तथ्याङक नभएपनि हरेक ३५०० वच्चामा १ जनालाई यो रोग लाग्ने अध्ययनले देखाएको संस्थाका सदस्य तथा कार्यालय प्रमुख करुणा पोखरेले बताईन । हाल संस्थामा ७११ जना विरामी प्रत्यक्ष सम्पर्कमा रहेको भन्दै पोखरेलले नेपालमा करिब १० हजारको हाराहारीमा बिरामी रहेको बताईन ।
के हो मस्कुलर डिस्ट्रोफी ?
मानव शरिरमा रहेका जीनबाट देखापर्ने विकृतीहरुको एक समुह हो, जसले केवल मांसपेशीहरुमा सुक्ष्म परिवर्तन ल्याई यसलाई बढी मात्रामा क्षीण तथा कमजोर बताउने गर्दछ । यो विभिन्न विकृतिको ठुलो समुह मायोपैथी भित्र निहित एक अंश हो । यस रोगमा देखिने सुरुको समस्या शरीरका मांसपेशीलाई नियन्त्रण गर्ने तत्वहरु जस्तै स्नायू, रक्तसंचार र हड्डी आदी बाहेक स्वयं मांशपेशीमा मात्र देखापर्ने विकृती हो । सानो उमेरदेखि वयस्क र वृद्धसम्म विभिन्न उमेरमा देखापर्ने हुन्छ, जुन मस्कुलर डिस्ट्रोफी विभिन्न नामवाट चिनिन्छ ।
डुचेन मस्कुलर डिस्ट्रोफीमा मांसपेशीहरु दिनानुदिन कमजोर तथा झनै कमजोर वन्दै केहि समय पछि पूर्ण रुपमा कार्य गर्न नसक्ने अवस्थामा पुगि विरामी अपाङ्ग भई आप्mनो सामान्य आयुसम्म पनि जीवित रहन असमर्थ हुन्छन । निमोनिया, फोक्सो ( श्वास प्रश्वास ) र मुटु सम्वन्धी रोगहरु मृत्यूको दोश्रो कारकतत्व वन्दछन । मुटु पनि मांसपेशीबाट बनेको हुनाले मस्कुलर डिस्ट्रोफीले यसलाई पनि पूर्णरुपले प्रभाव पारेको हुन्छ । मस्तिष्क मांसपेशीद्धारा निर्मित नभएको हुनाले यस रोगवाट प्रभावित हुन सक्दैन । त्यसैले यस्ता बिरामीहरु मानसिक रुपमा प्रायः स्वस्थ तथा प्रवल रहेका हुन्छन । मस्कुलर डिस्ट्रोफी र न्युरो मस्कुलर डिस्ट्रोफी सम्वन्धी विकृतहरु हालसम्म पनि अध्ययन, अनुसन्धान तथा परिक्षणकै क्रममा रहेको हुनाले निर्मुल उपचार विधि अभावकै रुपमा रहेको छ ।
मस्कुलर डिस्ट्रोफी फाउण्डेशन नेपालको स्वास्थ्य शिविर सम्पन्न
Reviewed by marumala srinu
on
2:53 AM
Rating:
Reviewed by marumala srinu
on
2:53 AM
Rating:

No comments: