Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कूटनीतिक अभ्यासविपरित बोलिन् राष्ट्रपति

राष्ट्रपति विद्यादेबी भण्डारीले कूटनीतिक अभ्यासविपरित आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक अभिव्यक्ति दिएकी छिन्। नागरिक दैनिकमा समाचार छ। 
 
सरकारले औपचारिक घोषणा गर्नु अगाबै राष्ट्रपति भण्डारीले बैशाख २७ गतेबाट हुने आफ्नो भारत भ्रमणबारे सर्वाजनिक गरेकी हुन्। 
 
शीतल निवासमा बुधवार केही पत्रकारमाझ उनले आफ्नो भ्रमण नेपाल भारतबीचको आपसी सम्बन्ध सुदृढ गर्न र असमझदारी हटाउन केन्द्रीत हुने बताइन्। त्यतिमात्र होइन, भ्रमणले दुई देशबीचको सदभाव बढाउने दाबी समेत गरिन्।
 
‘मेरो भ्रमणको उदेश्य नेपाल र भारतबीचको सम्बन्ध सुदृढ बनाउनु र असझदारी हटाउनु हो,’उनले भनिन्,‘यही उदेश्यअनुसार भ्रमण तयारी भइरहेको छ। भ्रमणको औपचारिक निर्णय र घोषणा हुन भने बाँकी छ।’
 
राष्ट्रप्रमुखले गर्ने विदेश भ्रमणको सम्बन्धित देशका सरकारले औपचारिक घोषणा गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ। यस्तो भ्रमणको दुवै देशले आपसी समझदारीमा मिति तय गरेपछि त्यसलाई मन्त्रिपरिषदले स्वीकृत गर्नु पर्ने हुन्छ। 

कूटनीतिक अभ्यासविपरित बोलिन् राष्ट्रपति Reviewed by marumala srinu on 5:25 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.