आज मातातिर्थ औँसी : आमाप्रति श्रद्धा, भक्ति अर्पण गरी देशभर मनाइदै
काठमाडौँ, २४ वैशाख । मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन आज देशभर मनाइदैछ । वैशाख कृष्णपक्ष औँसीमा मनाइने यो पर्वका अवसरमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाबाट शुभाशिर्बादवाद थाप्ने दिनका रुपमा नेपालीहरूले मनाउने शास्त्रीय मान्यता रहीआएको छ ।
आजको दिन छोराछोरीले आमाका लागी बिहानै उठी नुवाई धुवाई गरी आफ्नी आमालाई नयाँ र राम्राराम्रा लत्ता कपडा तथा मीठामीठा खानेकुरा खान दिएर आमाबाट आशिर्बाद थाप्ने प्रचलन छ । आमा नभएकाहरूले आजको दिन काठमाडौँको थानकोटमा स्थित मातातिर्थ कुण्डमा स्नान गरी आमालाई स्मरण गर्ने परम्परा रही आएको छ ।
आजकै दिन आमाकै स्मृतिमा मातातिर्थमा ठूलो मेला लाग्ने गर्दछ । आजको दिन सो मेलामा उपस्थित भई आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गर्राई दिवङ्गत आमालाई सम्झिने गरिन्छ ।
आज मातातिर्थ औँसी : आमाप्रति श्रद्धा, भक्ति अर्पण गरी देशभर मनाइदै
Reviewed by marumala srinu
on
11:16 PM
Rating:

No comments: