Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

यातायात बन्दले माइतजाने चेली मर्कामा

गोरखा  । गोरखाको यातायात आज पनि बन्द भएपछि माइती निस्केका चेली हिँडेरै गन्तव्यतिर जानुपर्ने बाध्यता छ । यसले गर्दा आमाको मुख हेर्न माइत जाने चेली र विभिन्न प्रशासनिक कामले सदरमुकाम आउनुपर्ने ग्रामीण भेगका सेवाग्राही मर्कामा परेका छन् ।
दुई÷चार घन्टा हिँडेर माइत पुगिने ठाउँका चेली आमाको मुख हेर्न हिँडेरै गए भने जिल्लाबाहिर माइतीघर हुने गन्तव्यतिर जान नपाउँदा दुःखी देखिन्छन् । यातायात व्यवसायी समिति गोरखा र पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बिहीबारदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको हो । गत वैशाख २१ गते गोरखाको आरुघाटबाट पक्राउ परेका आफ्ना २३ जना व्यवसायीलाई प्रहरीले छाड्नुपर्ने माग राख्दै समितिले बन्द आह्वान गर्दा सार्वजनिक यातायात ठप्प भएको छ ।

ff

यातायात बन्दले माइतजाने चेली मर्कामा Reviewed by marumala srinu on 11:39 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.