‘बागी’ले कमायो पहिलो दिनमा ११.८७ करोड…
एजेन्सी।
शब्बीर खान निर्देशित चलचित्र ‘बागी’ले पहिलो दिनमै आफ्नो झोलीमा ११.८७ करोड भारु बटुल्न सफल भएको छ।
ट्रेड एनालिस्ट ‘कोनल नाहटा’ले ट्वीटरमार्फत ‘बागी’ले पहिलो दिनमा ११.८७ करोड भारु कमाएको खुलासा गरेका छन्। सन् २०१६ मा गैर अवकाश दिनको सबैभन्दा बढि कमाई र वर्षकै दोस्रो धेरै कमाई गरेको भन्दै नाहटाले सेयर गरेका छन्।
एक रिपोर्टका अनुसार, ‘बागी’ले विदेशी सिनेमाहलहरूमा पनि राम्रै प्रदर्शन गरेको खबर प्राप्त भएको छ। गल्फ मुलुकहरूमा चलचित्रले कुल ६६ सिनेमाहलहरूबाट करीब २ लाख ३२ हजार डलर कमाएको रिपोर्टले जनाएको छ।
साजिद नाडियाडवाला निर्मित यस चलचित्रमा टाइगर श्रफ, श्रद्धा कपूर र तेलुगु अभिनेता ‘सुधीर बाबू’को प्रमुख भूमीका रहेको छ।
‘बागी’ले कमायो पहिलो दिनमा ११.८७ करोड…
Reviewed by marumala srinu
on
1:52 AM
Rating:

No comments: